२६ मंसिर २०८२, बिहिबार
11-12-2025 , Thu
×

विद्या भण्डारी एमालेको विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने !

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, साउन ०३, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेको छ ।

बिहीबार दिउँसो पौने २ बजेदेखि मध्यरातसम्म चलेको बैठकले विधान महाधिवेशनका प्रतिनिधिहरुबारे पनि निर्णय गरेको छ । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार विधान महाधिवेशनको प्रतिनिधिबारे पार्टी विधानको व्यवस्था चलाइएको छैन ।

‘दशौं राष्ट्रिय महाधिवेशनमा नभएका र पछि केन्द्रीय कमिटी अथवा केन्द्रीय निकायमा आउनुभएका साथीहरु आयोजकका हिसाबले जानुहुन्छ, तर उहाँहरु विधान महाधिवेशनको प्रतिनिधि चाहिँ बन्नु हुन्न,’ ज्ञवालीले भने, ‘विधान महाधिवेशनको प्रतिनिधि भनेको जो दशौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधिहरु हुुनुहुन्थ्यो, उहाँहरु मात्रै हुने विधानमै व्यवस्था छ ।’

सचिवालयबाट पारित भएको यो प्रस्ताव अब पोलिटब्यूरो र केन्द्रीय कमिटीबाट पनि निर्णय भएमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने देखिन्छ । केही दिन अगाडि मात्र पूर्वराष्ट्रपति भण्डारीले यसबारे सार्वजनिक चासो राखेकी थिइन् ।

दशौं राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय कमिटी वा निकायमा मनोनीत भएका नेताहरु, जनसंगठन र जिल्ला नेतृत्वमा आएका नयाँ नेताहरु समेट्न पनि विधान महाधिवेशनमा मनोनीतको व्यवस्था गरिनुपर्ने सार्वजनिक सुझाव भण्डारीले राखेकी थिइन् ।

तर उपमहासचिव ज्ञवालीले विधानमै मनोनीतको व्यवस्था नभएकाले यसबारे निर्णय नभएको बताए । अर्थात् दशौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि नभएकाले पूर्वराष्ट्रपति भण्डारीसहित ठूलो संख्याका नेताहरु विधान महाधिवेशनको प्रतिनिधि बन्न नपाउने सम्भावना बढेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]