मलका (मलेसिया) । मलेसियामा सडक दुर्घटनामापरि एक नेपालीकाे ज्यान गएकाे छ ।
ज्यान जानेमा सल्यान जिल्ला सानपा १० भंगचौर घर भएका रुद्रबहादुर कुवरका साइला छोरा भक्तबहादुर कुवर हुन । मृर्तक भक्तबहादुर रोजगारीको सिलसिलामा मलेसियाकाे मलमा राज्य स्थित मर्लिमाउमा रहेकाे (उत्तमा केबल) नामक कम्पनिमा करिब ३ बर्ष यता काम गर्दै आएका थिय ।

१५ जुलाई बिहान साइकलमा ड्युटी जाने क्रममा विपरीत दिशाबाट आइरहेको मोटरसाइकलले ठक्कर दिँदा सडकमा पल्टिएका भक्तबहादुर र साइकललाइ ठक्कर दियर राेकिएका मोटरसाइक चालक स्थानिय एकजना तामेल जातिका मलेसियन नागरिक सहित दुबैजनालाइ पछाडिबाट दुर्तगतिमा आएका दुइ कारले पालैपालाे कुल्चिय पस्चात भक्तबहादुर र ति मलेसियन नागरिकले समेत ज्यान गुमाएकाे प्रत्यक्ष दर्सिले हिराे नेपाल टिभि संगकाे कुराकानिमा बताएका छन ।
मृतक भक्तबहादुरकाे सब पाेस्टमाटमकाे लागि हस्पिटलमा लगिएकाे छ । सम्पुर्ण प्रकृर्या पुरागरि केहिदिनमा नेपाल लैजाने तयारि गरिएकाे छ ।
