०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

मलेसियामा सडक दुर्घटनामापरि सल्यानका भक्तबहादुरकाे निधन

Logo
Manoj Dashaundi प्रकाशित बुधबार, साउन ०१, २०८२

मलका (मलेसिया) ।  मलेसियामा सडक दुर्घटनामापरि एक नेपालीकाे ज्यान गएकाे छ ।

ज्यान जानेमा सल्यान जिल्ला सानपा १० भंगचौर घर भएका रुद्रबहादुर कुवरका साइला छोरा भक्तबहादुर कुवर हुन । मृर्तक भक्तबहादुर रोजगारीको सिलसिलामा मलेसियाकाे मलमा राज्य स्थित मर्लिमाउमा रहेकाे (उत्तमा केबल)  नामक कम्पनिमा  करिब ३ बर्ष यता काम गर्दै आएका थिय ।

१५ जुलाई  बिहान साइकलमा ड्युटी जाने क्रममा विपरीत दिशाबाट आइरहेको मोटरसाइकलले ठक्कर दिँदा सडकमा पल्टिएका भक्तबहादुर र साइकललाइ ठक्कर दियर राेकिएका मोटरसाइक चालक स्थानिय एकजना  तामेल जातिका मलेसियन नागरिक  सहित दुबैजनालाइ पछाडिबाट दुर्तगतिमा आएका दुइ कारले पालैपालाे  कुल्चिय पस्चात  भक्तबहादुर र ति मलेसियन नागरिकले समेत ज्यान गुमाएकाे प्रत्यक्ष दर्सिले हिराे नेपाल टिभि संगकाे कुराकानिमा बताएका छन  ।

मृतक भक्तबहादुरकाे सब पाेस्टमाटमकाे लागि हस्पिटलमा लगिएकाे छ । सम्पुर्ण प्रकृर्या पुरागरि केहिदिनमा नेपाल लैजाने  तयारि गरिएकाे छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]