०९ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

गायक तथा संगीतकार मनिपाल राईको लोक तथा दोहोरी गीत आकाशै राम्रो जुनले सार्वजनिक(भिडियो सहित)

Logo
Manoj Dashaundi प्रकाशित मंगलबार, आषाढ ३१, २०८२

गायक तथा संगीतकार मनिपाल राईको शब्द संगीतमा रहको मौलिक लोक तथा दोहोरी गीत आकाशै राम्रो जुनले सार्वजनिक(भिडियो सहित)।

काठमाण्डौं  ।  संखुवासभा सभापोखरी गाउँपालिका ५, सिकिदिम गाउका गायक अनिस लिम्बू को पुर्बेली लोकलयमा आधरीत गीत ‘आकाशै राम्रो जुनले’ हालै सार्वजनिक भएको छ।

मौलिक लोक लयमा आधारित उक्त गीतमा परदेश बाट लाहुरे छुट्टीमा घर आउदा गाउँघरमा उत्सव मनाइने नाचगान गरिने जस्ता पुराना रितिरिवाज र बर्षौ पछि भेटिएका आफ्नो मायालु जोडि विचको प्रेम र बिछोडलाइ पुर्ण लिम्बू र सुहाङ्गमा लिम्बूको बेजोड अभिनयमा चित्रण गरिएको छ ।

हालै सार्वजनिक गरिएका शो गीतले छोटो समयमै सर्वाधिक दर्सक स्रोताहरुको मन जित्न सफल भएका छन्।
गायक तथा संगीतकार मनिपाल राईको शब्द संगीतमा रहको मौलिक लोक तथा दोहोरी गीत ‘आकाशै राम्रो जुनले’ यतिबेला चर्चाको शिखरमा छ।

अनिस लिम्बू र सुनिता थेगीमको सुमधुर स्वरमा सजिएको गीतमा मनिपाल राईको शब्द संगीत र राजु कार्किको संगीत संयोजन रहेको छ। उक्त गीतलाई अनामनगर स्थीत किङ्स रेकर्डिङ्ग स्टुडियोमा रेकड गरिएको थियो।

म्युजिक भिडियो तर्फ:
अहिलेका सर्वाधिक लोकप्रिय म्युजिक भिडियो निर्देशक विजय मगरको निर्देशनमा बिभिन्न रमणिय स्थानहरुमा उक्त गीतको छायाँकन गरिएको हो। शो गीतमा पुर्ण लिम्बू र सुहाङ्गमा आङ्बुहाङ्ग लिम्बूको बेजोड अभिनय देख्न सकिन्छ।

बिजय मगरको निर्देशन रहेको शो भिडियोलाई अर्जुन खण्काले छायाँकन र सम्पादन गरेका हुन्।
हेर्नुहोस् पुरा भिडियो :-

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]