०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

गायक तथा संगीतकार मनिपाल राईको लोक तथा दोहोरी गीत आकाशै राम्रो जुनले सार्वजनिक(भिडियो सहित)

Logo
Manoj Dashaundi प्रकाशित मंगलबार, आषाढ ३१, २०८२

गायक तथा संगीतकार मनिपाल राईको शब्द संगीतमा रहको मौलिक लोक तथा दोहोरी गीत आकाशै राम्रो जुनले सार्वजनिक(भिडियो सहित)।

काठमाण्डौं  ।  संखुवासभा सभापोखरी गाउँपालिका ५, सिकिदिम गाउका गायक अनिस लिम्बू को पुर्बेली लोकलयमा आधरीत गीत ‘आकाशै राम्रो जुनले’ हालै सार्वजनिक भएको छ।

मौलिक लोक लयमा आधारित उक्त गीतमा परदेश बाट लाहुरे छुट्टीमा घर आउदा गाउँघरमा उत्सव मनाइने नाचगान गरिने जस्ता पुराना रितिरिवाज र बर्षौ पछि भेटिएका आफ्नो मायालु जोडि विचको प्रेम र बिछोडलाइ पुर्ण लिम्बू र सुहाङ्गमा लिम्बूको बेजोड अभिनयमा चित्रण गरिएको छ ।

हालै सार्वजनिक गरिएका शो गीतले छोटो समयमै सर्वाधिक दर्सक स्रोताहरुको मन जित्न सफल भएका छन्।
गायक तथा संगीतकार मनिपाल राईको शब्द संगीतमा रहको मौलिक लोक तथा दोहोरी गीत ‘आकाशै राम्रो जुनले’ यतिबेला चर्चाको शिखरमा छ।

अनिस लिम्बू र सुनिता थेगीमको सुमधुर स्वरमा सजिएको गीतमा मनिपाल राईको शब्द संगीत र राजु कार्किको संगीत संयोजन रहेको छ। उक्त गीतलाई अनामनगर स्थीत किङ्स रेकर्डिङ्ग स्टुडियोमा रेकड गरिएको थियो।

म्युजिक भिडियो तर्फ:
अहिलेका सर्वाधिक लोकप्रिय म्युजिक भिडियो निर्देशक विजय मगरको निर्देशनमा बिभिन्न रमणिय स्थानहरुमा उक्त गीतको छायाँकन गरिएको हो। शो गीतमा पुर्ण लिम्बू र सुहाङ्गमा आङ्बुहाङ्ग लिम्बूको बेजोड अभिनय देख्न सकिन्छ।

बिजय मगरको निर्देशन रहेको शो भिडियोलाई अर्जुन खण्काले छायाँकन र सम्पादन गरेका हुन्।
हेर्नुहोस् पुरा भिडियो :-

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]