२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

अब नेकपा (एमाले) को सदस्यता नवीकरण गर्न परीक्षा दिनुपर्ने

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आषाढ ३१, २०८२

नेकपा (एमाले) को संगठित सदस्यता नवीकरण गर्न परीक्षा दिनुपर्ने भएको छ।

केन्द्रीय संगठन विभागको सोमबारको बैठकले ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’ निर्णय गरेको हो।

उक्त बैठकका निर्णयबारे जानकारी दिन विभागका सचिव माधव ढुंगेलले मंगलबार जारी गरेको विज्ञप्तिमा सदस्यता नवीकरणअघि परीक्षा लिने उल्लेख छ।

यसबारे हामीले विभागका सचिव ढुंगेललाई कस्तो परीक्षा दिने व्यवस्था गर्न लागिएको हो भनेर सोधेका छौं।

उनले पार्टीका नीति, सिद्धान्त, दृष्टिकोण, विचारलगायतबारे जानकारी छ कि छैन भन्ने बुझ्न सामान्य परीक्षा लिइने बताए।

‘हामी प्रशिक्षण दिन्छौं र अन्तिममा वस्तुगत प्रश्न सोध्छौं, सही जबाफमा ठिक चिह्न लगाए पुग्छ,’ उनले भने, ‘अहिले यस्तो परीक्षा भौतिक रूपमा हुन्छ भने पछि अनलाइनबाट पनि परीक्षा दिन पाउने व्यवस्था मिलाउँछौं।’

एमालेमा ५ लाख ५० हजार संगठित सदस्य छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]