०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

अब नेकपा (एमाले) को सदस्यता नवीकरण गर्न परीक्षा दिनुपर्ने

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आषाढ ३१, २०८२

नेकपा (एमाले) को संगठित सदस्यता नवीकरण गर्न परीक्षा दिनुपर्ने भएको छ।

केन्द्रीय संगठन विभागको सोमबारको बैठकले ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’ निर्णय गरेको हो।

उक्त बैठकका निर्णयबारे जानकारी दिन विभागका सचिव माधव ढुंगेलले मंगलबार जारी गरेको विज्ञप्तिमा सदस्यता नवीकरणअघि परीक्षा लिने उल्लेख छ।

यसबारे हामीले विभागका सचिव ढुंगेललाई कस्तो परीक्षा दिने व्यवस्था गर्न लागिएको हो भनेर सोधेका छौं।

उनले पार्टीका नीति, सिद्धान्त, दृष्टिकोण, विचारलगायतबारे जानकारी छ कि छैन भन्ने बुझ्न सामान्य परीक्षा लिइने बताए।

‘हामी प्रशिक्षण दिन्छौं र अन्तिममा वस्तुगत प्रश्न सोध्छौं, सही जबाफमा ठिक चिह्न लगाए पुग्छ,’ उनले भने, ‘अहिले यस्तो परीक्षा भौतिक रूपमा हुन्छ भने पछि अनलाइनबाट पनि परीक्षा दिन पाउने व्यवस्था मिलाउँछौं।’

एमालेमा ५ लाख ५० हजार संगठित सदस्य छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]