०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

भिजिट भिसामा मलेसिया प्रवेश गर्न खोज्ने १३१ काे हुन त ?

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आषाढ ३१, २०८२

मलेसिया । सीमा नियन्त्रण तथा सुरक्षा एजेन्सी (AKPS) ले शुक्रबार (जुलाई ११) को दिन क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) को टर्मिनल १ मा सञ्चालन गरेको विशेष अपरेशनमा भिजिट भिसामा मलेसिया प्रवेश गर्न आएका १३१ जना विदेशी नागरिकलाई मलेसियामा प्रवेश गर्नबाट रोकेको छ।

मलेसियन  सुरक्षा निकायका अनुसार, सो दिन ३०० जना भन्दा बढी यात्रुहरूको जाँच गरिएको थियो, जसमा १३१ जनाले मलेसिया प्रवेश मापदण्ड पुरा नगरेको पाइएको छ । सीमा नियन्त्रण तथा सुरक्षा एजेन्सले एक विज्ञप्तिमा भनेको छ, “देशको सीमा सुरक्षा र सार्वभौमिकतालाई सधैं प्राथमिकता दिइनेछ। नक्कली कागजात वा अस्पष्ट उद्देश्यका साथ देश प्रवेश गर्ने कुनै पनि प्रयासमा कडाइका साथ कारबाही गरिनेछ।”

विमानस्थलमै रोकिएका व्यक्तिहरूमध्ये ९६ जना बंगलादेशी पुरुष, ३० जना पाकिस्तानी पुरुष र ५ जना इन्डोनेसियन पुरुष तथा महिला रहेका छन्। उनीहरू मलेसिया प्रवेशका लागि आवश्यक मापदण्ड पुरा गर्न असफल भएका थिए।

यद्दपि यितबेला नेपालमा भिजिट भिषा प्रकरणले  चाैतर्फी चर्चा पाइरहेकाे बेला यस समाचारले नेपालीलाइ समेत झस्काएकाेछ । सामाजिक संञ्जालमा यितबेला  मलेसियाबाटा फिर्ताभएका १३१ जनै यात्रु नेपाली हुन भनेर जताततै पाेष्ट भैरहेकाछन । तर ति ब्यक्तिहरू नेपाली नभएर ९६ जना बंगलादेशी पुरुष, ३० जना पाकिस्तानी पुरुष र ५ जना इन्डोनेसियन पुरुष तथा महिला रहेका छन् ।

मलेसिया भिजिट भिसामा घुम्न आउने विदेशी हरुले विमानस्थलमा अनिवार्य कम्तीमा पनि ५ सयदेखि १ हजारसम्म अमेरिकी डलर , होटेल बुकिङ , प्रष्ट आर्थिक स्रोत अध्यागमन काउन्टरमा देखाउनुपर्ने हुन्छ ।

सीमा नियन्त्रण तथा सुरक्षा एजेन्सीका अनुसार “भिजिटमा आएका ती व्यक्तिहरु एक महिनाको भ्रमणको लागि आएको तर साथमा जम्मा आरएम ५०० मात्रै बोकेर आएको पाइयो, जसले उनीहरूको उद्देश्यप्रति शंका उत्पन्न गराउँछ , भने।”

एजेन्सीका अनुसार मलेसियाले यस्तो कदम अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उठाएको हो र यात्रुहरूले मलेसिया प्रवेशअघि सबै आवश्यक शर्तहरू पुरा गरेको हुनुपर्ने प्रावधान सबैले पालना गर्नुपर्ने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]