०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

भिजिट भिसामा मलेसिया प्रवेश गर्न खोज्ने १३१ काे हुन त ?

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आषाढ ३१, २०८२

मलेसिया । सीमा नियन्त्रण तथा सुरक्षा एजेन्सी (AKPS) ले शुक्रबार (जुलाई ११) को दिन क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) को टर्मिनल १ मा सञ्चालन गरेको विशेष अपरेशनमा भिजिट भिसामा मलेसिया प्रवेश गर्न आएका १३१ जना विदेशी नागरिकलाई मलेसियामा प्रवेश गर्नबाट रोकेको छ।

मलेसियन  सुरक्षा निकायका अनुसार, सो दिन ३०० जना भन्दा बढी यात्रुहरूको जाँच गरिएको थियो, जसमा १३१ जनाले मलेसिया प्रवेश मापदण्ड पुरा नगरेको पाइएको छ । सीमा नियन्त्रण तथा सुरक्षा एजेन्सले एक विज्ञप्तिमा भनेको छ, “देशको सीमा सुरक्षा र सार्वभौमिकतालाई सधैं प्राथमिकता दिइनेछ। नक्कली कागजात वा अस्पष्ट उद्देश्यका साथ देश प्रवेश गर्ने कुनै पनि प्रयासमा कडाइका साथ कारबाही गरिनेछ।”

विमानस्थलमै रोकिएका व्यक्तिहरूमध्ये ९६ जना बंगलादेशी पुरुष, ३० जना पाकिस्तानी पुरुष र ५ जना इन्डोनेसियन पुरुष तथा महिला रहेका छन्। उनीहरू मलेसिया प्रवेशका लागि आवश्यक मापदण्ड पुरा गर्न असफल भएका थिए।

यद्दपि यितबेला नेपालमा भिजिट भिषा प्रकरणले  चाैतर्फी चर्चा पाइरहेकाे बेला यस समाचारले नेपालीलाइ समेत झस्काएकाेछ । सामाजिक संञ्जालमा यितबेला  मलेसियाबाटा फिर्ताभएका १३१ जनै यात्रु नेपाली हुन भनेर जताततै पाेष्ट भैरहेकाछन । तर ति ब्यक्तिहरू नेपाली नभएर ९६ जना बंगलादेशी पुरुष, ३० जना पाकिस्तानी पुरुष र ५ जना इन्डोनेसियन पुरुष तथा महिला रहेका छन् ।

मलेसिया भिजिट भिसामा घुम्न आउने विदेशी हरुले विमानस्थलमा अनिवार्य कम्तीमा पनि ५ सयदेखि १ हजारसम्म अमेरिकी डलर , होटेल बुकिङ , प्रष्ट आर्थिक स्रोत अध्यागमन काउन्टरमा देखाउनुपर्ने हुन्छ ।

सीमा नियन्त्रण तथा सुरक्षा एजेन्सीका अनुसार “भिजिटमा आएका ती व्यक्तिहरु एक महिनाको भ्रमणको लागि आएको तर साथमा जम्मा आरएम ५०० मात्रै बोकेर आएको पाइयो, जसले उनीहरूको उद्देश्यप्रति शंका उत्पन्न गराउँछ , भने।”

एजेन्सीका अनुसार मलेसियाले यस्तो कदम अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उठाएको हो र यात्रुहरूले मलेसिया प्रवेशअघि सबै आवश्यक शर्तहरू पुरा गरेको हुनुपर्ने प्रावधान सबैले पालना गर्नुपर्ने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]