०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

मलेसियामा अक्टोबर महिनादेखि सबै कामदारले सञ्चय कोषमा तलवकाे २ प्रतिशत रकम जम्मा गर्नुपर्ने।

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आषाढ ३१, २०८२

मलेसिया । मलेसिया सरकारले आगामी अक्टोबर महिनादेखि लागू हुनेगरी नेपाली कमदार लगाएत आप्रवासी कामदारहरूको लागी नयाँ नीति लागू गर्ने भएकाे छ ।

नयाँ नीति अनुसार अब देखि कर्मचारी सञ्चय कोष “ईपिएफ” मा  रहेक  कामदारले आफ्नो जम्मा आउने मासिक तलबको २ प्रतिशत रकम “ईपिएफ” मा जम्मा गर्नुपर्ने नीति कार्यान्वयनमा ल्याउन लागेकाे हाे ।

मलेसिया कर्मचारी सञ्चय कोषले “ईपिएफ” सम्बन्धि नयाँ नियम घरेलु कामदारहरू बाहेकका सबै विदेशी कामदारहरूमा लागू हुने बताएको छ । हाल सम्म मलेसियामा विदेशी कामदारहरूको कर्मचारी सञ्चय कोषमा सहभागिता स्वेच्छिक मात्रै रहेकाे छ ।

मलेसियाले अब मलेसियामा कार्यरत कामदारले २ प्रतिशत र रोजगारदाता कम्पनीले २ प्रतिशत गरि जम्मा ४ प्रतिशत रकम सबैले अनिवार्य जम्मा गर्नुपर्ने नीति कार्वानयनमा ल्याउन लागेको हो ।

रोजगारी अवधीभर जम्मा भएको सो रकम कामदार घर फर्किनु भन्दा पहिल्यै रोजगारदाता कम्पनीले ईपिएफसंग क्लेम गरेर ब्याजसहित फिर्ता दिनुपर्नेछ ।

यसरि हेर्दा  अबदेखि मलेसिया सरकारले हरेक विदेशी कामदारलाई कर्मचारी संञ्चय कोष (KWSP/EPF) मा आबद्ध गराउदा।  रोजगारदाताले तलबको २%  र कामदारले पनि तलबको २% जम्मा गरी  जम्मा ४% संञ्चय कोषमा जम्मा गर्नुपर्नेछ।

मलेसियाकाे हालको न्यूनतम तलब RM १७०० अनुसार , रोजगारदाताले  RM ३४  र कामदारबाट RM ३४
गरि जम्मा RM ६८ हरेक महिना कामदारकाे संञ्चय कोषमा जम्मा हुनेछ।

राष्ट्रियताको पर्वाह नगरी विदेशी कामदारको कर्मचारी सञ्चय कोषमा योगदान अनिवार्य गर्ने यस्ताे कदमले सामाजिक सुरक्षामा पहुँच सुनिश्चित गरी श्रम बजारमा समानता र निष्पक्षतालाई प्रवद्र्धन गर्ने मलेसियाका अधिकारीहरूले बताउदै अाएका छन  ।

मलेसियामा हाल न्यूनतम मासिक तलब १७ सय रिंगेट छ। २० लाख बढी विदेशी कामदार रहेको मलेसियामा ४ लाख बढी नेपाली वैधानिकरूपमा कार्यरत रहेका छन् । विदेशी कामदारको कर्मचारी सञ्चय कोषमा योगदान अनिवार्य गर्ने कदमले उनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने अधिकारकर्मीहरूको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]