०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

NRNA मलेसिया मलका राज्य समितिको पहिलो अधिवेशन सम्पन्न, १७ सदस्यीय कार्यसमिति चयन

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आषाढ ३०, २०८२

मलका, मलेसिया । (१३ जुलाई २०२५) मा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको (२०२५-२०२७) सम्मकाे कार्यकालका लागि मलका राज्य समितिको गठन गरिएको छ। उक्त समितिका लागि आईतबार एक महत्वपूर्ण अधिवेशन सम्पन्न भएको थियो, जसले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ।

मलका राज्यमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त भेलाले समुदायको हितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

कार्यक्रममा नव-निर्वाचित कार्यसमितिलाई एनआरएनए (एनसीसी) मलेसियाका वर्तमान अध्यक्ष श्री राकेश प्रसाद महतोले सपथ गराउनु भएकाे थियाे । साथै, कार्यक्रममा एनआरएनए मलेसियाका सचिव श्री विष्णु प्रसाद बराल, सदस्य श्री उमेश महतो लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम सञ्चालन स्वयं सचिव श्री विष्णु प्रसाद बरालले गर्नुभएको थियो।

विभिन्न व्यक्तिहरूको व्यस्तता बाबजुद ढिलो गरी सुरु भएको कार्यक्रमले निर्धारित समयमै सबै गतिविधि सफलतापूर्वक सम्पन्न गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष महतोले नव-निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिंदै, मलाकामा संगठनलाई ऊर्जाशील र सक्रिय ढंगले अगाडि बढाउन आग्रह गर्नुभयो। साथै, नयाँ योजनाहरू निर्माण गर्न र कार्यान्वयनमा ल्याउन एनसीसी मलेसियाले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

नव-निर्वाचित एनआरएनए मलाका राज्य कार्यसमिति:

अध्यक्ष: अर्जुन लावती (लिम्बू)

वरिष्ठ उपाध्यक्ष: ग्याबिन्द्र राई

उपाध्यक्ष: शिवलाल ढकाल

महिला उपाध्यक्ष: वर्षा राई

सचिव: मनोज दशौँदी

कोषाध्यक्ष: अस्मिता भोलन

सह-सचिव: तोपजङ पाण्डे

सह-कोषाध्यक्ष: सागर राई

युवा संयोजक: झनक बस्नेत

सदस्यहरू:

तिर्सना तामाङ

ढकमनी विक

त्रीवत लिम्बू

समिन तामाङ

सफर मोक्तान

पुर्व तामाङ

मान तामाङ

अजय धामी

नव-निर्वाचित कार्यसमितिलाई एनसीसी मलेसियाले आउँदो २७ जुलाईमा क्वालालम्पुरमा आयोजना हुने आफ्नो एघारौं अधिवेशनमा विशेष सम्मान गर्ने तयारी गरेको छ।

मलाका राज्य कार्यसमितिबाट अब चाँडै नै कार्ययोजना सार्वजनिक गरिनेछ। यस समितिले मलेसियाको मलाका क्षेत्रमा रहेका नेपालीहरूको समस्या समाधान, हक–हितको संरक्षण, तथा नेपाली कला, संस्कृति र पहिचानको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]