१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आइतबार आईपीओ बाँडफाँट गर्ने

Logo
HeroNepal-tv प्रकाशित शनिबार, आषाढ २८, २०८२

विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आइतबार आईपीओ बाँडफाँट गर्ने भएको छ।

कम्पनीको बिक्री प्रबन्धकको रुपमा रहेको प्रभु क्यापिटल लिमिटेडले आइतबार बिहान ९ बजे आईपीओ बाँडफाँड गर्न लागेको हो। कम्पनीको आईपीओमा मागभन्दा ८ दशमलव ७ गुणा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट बाँडफाँट हुनेछ। २ लाख ९४ हजार २७६ जना आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गर्नेछन्।

सर्वसाधारणमा जारी गरिएको आईपीओ खरिदका लागि २१ लाख २० हजार ८७५ जनाबाट २ करोड ५६ लाख २७ हजार ११० कित्ता माग भएको छ।

कम्पनीले सर्वसाधारणमा २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो।

कम्पनीले आफ्नो जारी पूँजीको ४९ प्रतिशत दरले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशतका दरको ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीयका लागि र सर्वसाधारणमा जारी हुने ३९ कित्ता आईपीओमध्ये १० प्रतिशत दरले हुन आउने ३ लाख ५४ हजार ५५० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिएको थियो।

यी बाहेक पनि कर्मचारीहरूका लागि ७० हजार ९१० कित्ता र सामूहिक लगानीकोषका लागि १ लाख ७७ हजार २७५ कित्ता शेयर बाँडफाँट गरिएको छ।

यस कम्पनीले गोरखाको धार्चे गाउँपालिका-४ मा ४ दशमलव ५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरी ०७९ फागुन १७ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म १ करोड १९ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको कम्पनीले चालू आर्थिक वर्षभित्र भने ४ करोड १३ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्ष सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ४३ पैसा छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]