०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
×

विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आइतबार आईपीओ बाँडफाँट गर्ने

Logo
HeroNepal-tv प्रकाशित शनिबार, आषाढ २८, २०८२

विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आइतबार आईपीओ बाँडफाँट गर्ने भएको छ।

कम्पनीको बिक्री प्रबन्धकको रुपमा रहेको प्रभु क्यापिटल लिमिटेडले आइतबार बिहान ९ बजे आईपीओ बाँडफाँड गर्न लागेको हो। कम्पनीको आईपीओमा मागभन्दा ८ दशमलव ७ गुणा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट बाँडफाँट हुनेछ। २ लाख ९४ हजार २७६ जना आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गर्नेछन्।

सर्वसाधारणमा जारी गरिएको आईपीओ खरिदका लागि २१ लाख २० हजार ८७५ जनाबाट २ करोड ५६ लाख २७ हजार ११० कित्ता माग भएको छ।

कम्पनीले सर्वसाधारणमा २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो।

कम्पनीले आफ्नो जारी पूँजीको ४९ प्रतिशत दरले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशतका दरको ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीयका लागि र सर्वसाधारणमा जारी हुने ३९ कित्ता आईपीओमध्ये १० प्रतिशत दरले हुन आउने ३ लाख ५४ हजार ५५० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिएको थियो।

यी बाहेक पनि कर्मचारीहरूका लागि ७० हजार ९१० कित्ता र सामूहिक लगानीकोषका लागि १ लाख ७७ हजार २७५ कित्ता शेयर बाँडफाँट गरिएको छ।

यस कम्पनीले गोरखाको धार्चे गाउँपालिका-४ मा ४ दशमलव ५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरी ०७९ फागुन १७ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म १ करोड १९ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको कम्पनीले चालू आर्थिक वर्षभित्र भने ४ करोड १३ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्ष सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ४३ पैसा छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]