२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

तामाङ घेदुङ संघीय कार्य समिका बिभागीय प्रमुख  सुनिल मोक्तानलाई मलेसिया घेदुङ्द्वारा भब्य स्वागत।

Logo
कृष्ण गुप्ता प्रकाशित बिहिबार, मंसिर २८, २०८०

क्वालालम्पुर :- नेपाल तामाङ घेदुङ संघिय कार्यसमितिका उद्योग पर्यटन तथा बाताबरण बिभाग प्रमुख सुनिल मोक्तानलाई नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाद्वारा आयोजना गरेको स्वागत कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ।

थाइल्यान्ड,सिङ्गापुर हुदै मलेसिया त्रीदेशिय भ्रमणको क्रममा मोक्तान मलेसिया आई पुगेका थिए। भ्रमणको क्रममा मोक्तानलाई स्वागत गर्न घेदुङ संघीय कार्यसमितिका केन्द्रिय सदस्य मिलन दोङ र प्रवास शाखा मलेसिया परिवार उपस्थित भएका थिए।

भेटघाट साथै औपचारिक कार्यक्रममा बिभागीय प्रमुख मोक्तानले घेदुङमा बिगत ३० बर्ष देखि घेदुङमा लागि परि रहे पनि घेदुङ्ले गरेको संघर्षले सफल पाउन नसक्दा दुख लागेको बताए। त्यस्तै घेदुङ मलेसिया परिवारलाई प्रवासमा भए पनि तामाङ नेताहरुले गर्दै आएको कामहरुमा खबरदारी गर्न अनुरोध गरे। त्यस्तै हामिले अधिकार प्राप्त गर्न अझै संघर्ष गर्न पछि नपर्ने बताए र तामाङ ले अधिकार र नेतृत्व नपाउनु भएको तामाङ हरुको एक आपासमा लड्नु मुख्य कारण रहेको बताए त्यस्तै कार्यक्रममा प्रवास कार्य समिति लाई प्रशिक्षण दिएका थिए।

त्यस्तै स्वागत कार्यक्रम न्यू खुकुरी रेस्टुरेन्टमा भएको थियो भने कार्यक्रममा पुर्व अध्यक्ष राजेन्द्र वाईबा,केन्द्रिय सदस्य  मिलन दोङ  मन्तव्य दिएको थियो भने कार्यक्रमको अध्यक्षता घेदुङ प्रवास शाखा मलेसियाका अध्यक्ष मिलन थिङ ले गरेका थिए।

त्यस्तै बिभागीय प्रमुख मोक्तान हेटौंडा उप-महानगर पालिका १५ का जन निर्वाचित वडा अध्यक्ष पनि हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]