०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

तामाङ घेदुङ संघीय कार्य समिका बिभागीय प्रमुख  सुनिल मोक्तानलाई मलेसिया घेदुङ्द्वारा भब्य स्वागत।

Logo
कृष्ण गुप्ता प्रकाशित बिहिबार, मंसिर २८, २०८०

क्वालालम्पुर :- नेपाल तामाङ घेदुङ संघिय कार्यसमितिका उद्योग पर्यटन तथा बाताबरण बिभाग प्रमुख सुनिल मोक्तानलाई नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाद्वारा आयोजना गरेको स्वागत कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ।

थाइल्यान्ड,सिङ्गापुर हुदै मलेसिया त्रीदेशिय भ्रमणको क्रममा मोक्तान मलेसिया आई पुगेका थिए। भ्रमणको क्रममा मोक्तानलाई स्वागत गर्न घेदुङ संघीय कार्यसमितिका केन्द्रिय सदस्य मिलन दोङ र प्रवास शाखा मलेसिया परिवार उपस्थित भएका थिए।

भेटघाट साथै औपचारिक कार्यक्रममा बिभागीय प्रमुख मोक्तानले घेदुङमा बिगत ३० बर्ष देखि घेदुङमा लागि परि रहे पनि घेदुङ्ले गरेको संघर्षले सफल पाउन नसक्दा दुख लागेको बताए। त्यस्तै घेदुङ मलेसिया परिवारलाई प्रवासमा भए पनि तामाङ नेताहरुले गर्दै आएको कामहरुमा खबरदारी गर्न अनुरोध गरे। त्यस्तै हामिले अधिकार प्राप्त गर्न अझै संघर्ष गर्न पछि नपर्ने बताए र तामाङ ले अधिकार र नेतृत्व नपाउनु भएको तामाङ हरुको एक आपासमा लड्नु मुख्य कारण रहेको बताए त्यस्तै कार्यक्रममा प्रवास कार्य समिति लाई प्रशिक्षण दिएका थिए।

त्यस्तै स्वागत कार्यक्रम न्यू खुकुरी रेस्टुरेन्टमा भएको थियो भने कार्यक्रममा पुर्व अध्यक्ष राजेन्द्र वाईबा,केन्द्रिय सदस्य  मिलन दोङ  मन्तव्य दिएको थियो भने कार्यक्रमको अध्यक्षता घेदुङ प्रवास शाखा मलेसियाका अध्यक्ष मिलन थिङ ले गरेका थिए।

त्यस्तै बिभागीय प्रमुख मोक्तान हेटौंडा उप-महानगर पालिका १५ का जन निर्वाचित वडा अध्यक्ष पनि हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]