०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

संविधान पुनर्लेखन र प्रदेश सभा खारेज गरौं, कारागारबाट रविको अपिल

Logo
HeroNepal-tv प्रकाशित आइतबार, आषाढ ०८, २०८२

पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान पुनर्लेखन र प्रदेश सभा खारेज गर्नुपर्ने बताएका छन्।

शनिबार पार्टी स्थापना दिवसको अवसरमा जेलबाटै सन्देश जारी गर्दै सभापति लामिछानेले संविधान संशोधन नभई पुनर्लेखन गर्नुपर्ने बताएका हुन्।

‘भ्रष्टहरुको आर्थिक र राजनीतिक अपराधको टेको बनेको वर्तमान संविधान अब संशोधन होइन, पुनर्लेखन हुनुपर्छ,’ उनले सन्देशमा भनेका छन्।

त्यसमार्फत सबै उच्च पदस्थ र २०४६ साल यताका सबै क्याविनेटका निर्णयको पनि छानबिन हुनुपर्ने बताएका छन्।

लामिछानेले संसदीय अस्थितरताबाट देशलाई मुक्त गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्थामा जानुपर्ने पनि बताए।

‘प्रदेशसभा खारेज हुनुपर्छ। राष्ट्रियसभालाई चुनाव हारेका नेता र आफन्त होइन, विद्वानहरुको सभा बनाउनुपर्छ। नेताहरुले खेलौना र भर्तीकेन्द्र बनाएका सबै संवैधानिक अंगहरुको एकसाथ पुनर्संरचना गर्नुपर्छ। विश्वविद्यालयहरूबाट यिनको पार्टीको ब्यानर र होर्डिङ बोर्ड हुर्‍याउनुपर्छ। दलैपिच्छेका भ्रातृ संगठनलाई पूर्णरुपमा खारेज गर्नुपर्छ। राजनीति सफा गरेर र दोस्रो चरणको आर्थिक सुधारको कार्यक्रम ल्याएर युवा रोजगारी, लगानी र उद्यमशीलतामा फड्को मार्नुपर्छ,’ सन्देशमा लामिछानेले भनेका छन्।

त्यसका लागि जुनसुकै पद्धतिबाट पनि तयार हुनुपर्ने उनले बताए।

‘सडक भने सडकबाट, मतपत्र भने मतपत्रबाट शान्तिपूर्ण क्रान्तिका लागि देश तयार हुनुपर्छ,’ उनले भनेका छन्।

लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। जेलबाटै उनले सन्देश तयार पारेर पठाएको लामिछानेको सचिवालयले जनाएको छ।

पुर्पक्षाका लागि थुनामा रहेका पार्टी सभापतिको सन्देश रास्वपाले गाउँगाउँमा पुर्याउने सहकोषाध्यक्ष दीपक बोहराले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]