२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

संविधान पुनर्लेखन र प्रदेश सभा खारेज गरौं, कारागारबाट रविको अपिल

Logo
HeroNepal-tv प्रकाशित आइतबार, आषाढ ०८, २०८२

पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान पुनर्लेखन र प्रदेश सभा खारेज गर्नुपर्ने बताएका छन्।

शनिबार पार्टी स्थापना दिवसको अवसरमा जेलबाटै सन्देश जारी गर्दै सभापति लामिछानेले संविधान संशोधन नभई पुनर्लेखन गर्नुपर्ने बताएका हुन्।

‘भ्रष्टहरुको आर्थिक र राजनीतिक अपराधको टेको बनेको वर्तमान संविधान अब संशोधन होइन, पुनर्लेखन हुनुपर्छ,’ उनले सन्देशमा भनेका छन्।

त्यसमार्फत सबै उच्च पदस्थ र २०४६ साल यताका सबै क्याविनेटका निर्णयको पनि छानबिन हुनुपर्ने बताएका छन्।

लामिछानेले संसदीय अस्थितरताबाट देशलाई मुक्त गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्थामा जानुपर्ने पनि बताए।

‘प्रदेशसभा खारेज हुनुपर्छ। राष्ट्रियसभालाई चुनाव हारेका नेता र आफन्त होइन, विद्वानहरुको सभा बनाउनुपर्छ। नेताहरुले खेलौना र भर्तीकेन्द्र बनाएका सबै संवैधानिक अंगहरुको एकसाथ पुनर्संरचना गर्नुपर्छ। विश्वविद्यालयहरूबाट यिनको पार्टीको ब्यानर र होर्डिङ बोर्ड हुर्‍याउनुपर्छ। दलैपिच्छेका भ्रातृ संगठनलाई पूर्णरुपमा खारेज गर्नुपर्छ। राजनीति सफा गरेर र दोस्रो चरणको आर्थिक सुधारको कार्यक्रम ल्याएर युवा रोजगारी, लगानी र उद्यमशीलतामा फड्को मार्नुपर्छ,’ सन्देशमा लामिछानेले भनेका छन्।

त्यसका लागि जुनसुकै पद्धतिबाट पनि तयार हुनुपर्ने उनले बताए।

‘सडक भने सडकबाट, मतपत्र भने मतपत्रबाट शान्तिपूर्ण क्रान्तिका लागि देश तयार हुनुपर्छ,’ उनले भनेका छन्।

लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। जेलबाटै उनले सन्देश तयार पारेर पठाएको लामिछानेको सचिवालयले जनाएको छ।

पुर्पक्षाका लागि थुनामा रहेका पार्टी सभापतिको सन्देश रास्वपाले गाउँगाउँमा पुर्याउने सहकोषाध्यक्ष दीपक बोहराले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]