०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

इजरायलमा नेपालीको उद्धारका लागि एनआरएनए सक्रिय, हटलाइन सेवा सञ्चालन गरिदै

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आषाढ ०५, २०८२

इजरायल र इरानबिच उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थितिमा इजरायलमा रहेका नेपालीहरूको सुरक्षाको मूल्याङ्कन र सम्भावित उद्धारको पहल गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) सक्रिय भएको छ।

बुधबार साँझ भर्चुअल माध्यमबाट आयोजित अन्तरक्रियामा एनआरएनएले इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितलगायत सम्बन्धित पक्षसँग छलफल गर्दै पछिल्लो अवस्थाबारे जानकारी लिएको हो।

कार्यक्रममा एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरायलको अवस्था अति संवेदनशील भएको उल्लेख गर्दै भने, ‘अहिलेको अवस्था विगतका युद्धहरूको तुलनामा झन् संवेदनशील छ, तर सरकारले निर्धारण गरेको सुरक्षा मापदण्ड पालन गर्दा असुरक्षा केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ।’ उनले सामाजिक सञ्जालमा नकारात्मक गतिविधि तथा सामग्री नगर्न समेत आग्रह गरे।

त्यसैगरी, एनआरएनए इजरायलका महासचिव अलि मोहम्मद मियाँले पनि इजरायली सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना गर्न सुझाव दिए। उनका अनुसार हाल गाडी, पसल लगायतका सेवा सुचारु छन् तर युद्धको अनिश्चितताबिच सतर्कता अत्यावश्यक रहेको बताए।

इजरायलस्थित नेपाली राजदूत पण्डितले नेपालीलाई शेल्टरमा बस्न र सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना गर्न सुझाव दिँदै भने, ‘अहिलेसम्म कसैले तत्काल उद्धारको लागि औपचारिक अनुरोध गरेका छैनन्। तर, विराटनगरका मेयर र एक नेपाली चिकित्सकको लागि आवश्यक प्रक्रियागत काम सुरु गरिएको छ।’ साथै, केही अनडकुमेन्टेड नेपालीले फर्कन चाहेको जानकारी पनि आएको उनले बताए।

राजदूत पण्डितका अनुसार नेपाल फर्किन चाहने नेपालीहरूका लागि परराष्ट्र मन्त्रालयले खुला गरेको फारम भराउन दूतावासले आग्रह गरिरहेको छ, ताकि उद्धार प्रक्रिया सहज बनोस्।

अन्तरक्रियामा सहभागी इजरायलस्थित विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूले अहिले नै नेपाल फर्किने सोच नरहेको जनाएका थिए। कार्यक्रमका क्रममा एनआरएनएका केन्द्रीय महासचिव गौरीराज जोशी, उपाध्यक्ष रोजिना प्रधान राई, प्रवक्ता फणिन्द्र पन्तलगायत पदाधिकारीहरूले सुरक्षित रहन आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतका अनुसार इजरायलस्थित नेपालीहरूको जानकारी र सहायताका लागि बिहीबारदेखि संघको सचिवालयमार्फत हटलाइन सेवा सञ्चालनको तयारी भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]