०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

टिकटकर रमा बस्नेतलाई थप तीन दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालकाे अनुमति

Logo
HeroNepal-tv प्रकाशित बुधबार, आषाढ ०४, २०८२

टिकटकर रमा बस्नेतलाई थप तीन दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। बस्नेत सामाजिक सञ्जाल टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने, प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्ष्यित गर्दै तथ्यहीन तथा भ्रामक सामग्री प्रकाशित–प्रसारित गरेको आरोपमा आइतबार पक्राउ परेकी थिइन्।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुरमा बसोबास गर्ने ३१ वर्षकी बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो

उनले पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली र एमालेलाई लक्षित गर्दै टिकटक सामाग्री पोष्ट गरेकी थिइन्। उनले कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ती गरेको विषयमा पनि विरोध गरेकी थिइन्।

यस्तै उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई असहयोग गरेको भन्दै उपमेयर सुनीता डंगोलको पनि आलोचना गरेकी थिइन्। उनले एमाले र अन्य दलका नेताहरुको पनि आलोचना गरेका सामाग्री टिकटकमा छन्।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा आइतबार नै जिल्ला अदालत काठमाडौँबाट पहिलोपटक तीन दिनको म्याद लिइएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]