२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

बजेटको चटारोमा रहेका बेला धरान उपमहानगरपालिकामा मेयर र उपमेयरबिचको विवादले उग्र रूप लियाे

Logo
HeroNepal-tv प्रकाशित बुधबार, आषाढ ०४, २०८२

आगामी आर्थिक वर्षको बजेट तयारीको चटारोमा रहेका बेला धरान उपमहानगरपालिकामा मेयर र उपमेयरबिचको विवादले उग्र रूप लिँदा मंगलबार दिनभर तनावग्रस्त बन्यो । मेयर हर्क साम्पाङ् र उपमेयर आइन्द्र विक्रम बेघाबिचको विवादले स्थिति तनावग्रस्त बनेको हो ।

घटनाक्रम अनुसार सोमबार धरान वडा नं. १६ मा रहेको बहुभाषिक पाठशालामा जाली लगाएको रकमको नौ लाख रुपैयाँ दिनुपर्ने मेयर साम्पाङ्ले कर्मचारीलाई निर्देशन दिएका थिए। कर्मचारीले त्यो रकम निकासा गर्न नमिल्ने जनाउँदै उपमेयर बेघासमक्ष कुरा राखेका थिए । त्यस लगतै मेयर साम्पाङकाे अभियान श्रमदानमा खटिने समूहका व्यक्ति आएर उपमेयर बेघाको कार्यकक्ष घेराउ गर्नुका साथै हातपातको प्रयास गरेका थिए । श्रमदानमा खटिने समूह प्रदर्शन लगतै उपमेयर बेघा आबद्द नेकपा माओवादी समर्थकले पनि मेयर साम्पाङ् विरुद्ध प्रदर्शन गरेका थिए ।

सोमबारदेखि बढेको विवाद मंगलबार थप बढ्यो । जसमा मंगलबार विवादको श्रृखला बढ्दै गएर मेयर साम्पाङ्ले आफू खुसी टिप्पर र डोजर प्रयोग गरेको भन्दै त्यसको चाबी उपमेयर बेघाले आफ्नो कब्जामा लिएपछि थप उग्र रूप लिएको हो ।

दुई पक्षीय विवादले उग्र रूप लिएको बेला धरान उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष विवेक राईले मंगलबार सुरुवातकै कार्यालय समयमा मेयर साम्पाङ् र उपमेयर बेघालाई राखेर मिलाउन पहल गरी रहेको बेला दुवै पक्ष निकटका व्यक्तिहरू प्रवेश गरी होहल्ला गरेका थिए । सो क्रममा मेयर साम्पाङ् र उपमेयर बेघाबिच हात हात हालको स्थिति भएर स्थिति असहज बन्न पुग्यो । जसमा नगर प्रहरी र नेपाल प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएर साम्य पारियो ।

लगतै दुवै पक्ष निकटले उपमहानगरपालिका बाहिर विरोध प्रदर्शन गरे । मेयर साम्पाङ् पक्षले उपमेयर बेघाबिरुद्द नाराबाजी गरेका थिए भने बेघा पक्षले साम्पाङ् विरुद्ध नाराबाजी गरेका थिए ।

श्रृखलाबद्द रुपमा दुई पक्षीय विरोध ११ बजेदेखि सुरु भएर अपराह्न ४ बजेसम्म चलेको थियो। दुवै पक्षबिच विवाद बढेर स्थिति असहज बन्ने स्थिति भएकाले गर्दा मिलाएर अघि बढ्ने ढंगले प्रक्रिया थालिएको वडा नं. १० का वडाध्यक्ष विवेक राईले बताए ।

‘बजेट बनाउने समय आएको छ, धरानले जनताले सबै मिलेर गए हुन्थ्यो भन्ने आशा गरेका छन्, त्यही ढंगले हामी अब मिलेर अघि बढ्नेछौँ,’ उनले नागरिकसँग टेलिफोनमा भने । मेयर, उपमेयर र २० वटै वडाका वडाध्यक्ष मिलेर अघि बढ्ने सङ्कल्पका साथ बैठक चलिरहे पनि अहिलेसम्म कुनै टुंगो भने लागि सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]