०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

कांग्रेस वडाध्यक्षको आक्रमण,रास्वपा नेताहरू आले र नेपाल गम्भीर घाइते

Logo
HeroNepal-tv प्रकाशित बुधबार, आषाढ ०४, २०८२

नेपाली कांग्रेसका तर्फबाट स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १० मा निर्वाचित वडाध्यक्ष सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताद्वय मेघ आले र दिनकर नेपालमाथि आक्रमण गरेका छन्।

वडाध्यक्ष खनालको आक्रमणबाट आले र नेपाल सख्त घाइते भएका छन्। रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार आले र नेपाल स्याङ्जाको आँधिखोला नदीमा भएको चरम प्राकृतिक दोहन रोक्न र सम्भावित प्राकृतिक दुर्घटना नियन्त्रणका लागि माग गर्दै गर्दा वडाध्यक्ष खनालको आक्रमणमा परेका हुन्।

वडाध्यक्ष खनालले रडले प्रहार गरेको घाइते नेपालले बताएका छन्। वडाध्यक्ष खनालको आक्रमणमा परी नेपालले लगाएको हेलमेट फुटेको छ भने दाहिने हातमा फ्याक्चर भएको छ। यस्तै आले पनि घाइते भएका छन्। उनीहरूलाई अहिले पोखरा अस्पताल लैजाँदैछन्।

‘रास्वपाले देशमा विद्यमान लुटतन्त्रको अन्त्य गर्ने भयले गरिएको यस प्रकारको हिंसात्मक र आपराधिक आक्रमणको रास्वपा घोर निन्दा गर्दछ,’ प्रवक्ता झाले भनेका छन्, ‘यस जघन्य अपराधमा संलग्न सबैलाई अविलम्ब गिरफ्तार गरि हदैसम्मको कारबाही गरियोस्।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]