०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

कांग्रेस वडाध्यक्षको आक्रमण,रास्वपा नेताहरू आले र नेपाल गम्भीर घाइते

Logo
HeroNepal-tv प्रकाशित बुधबार, आषाढ ०४, २०८२

नेपाली कांग्रेसका तर्फबाट स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १० मा निर्वाचित वडाध्यक्ष सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताद्वय मेघ आले र दिनकर नेपालमाथि आक्रमण गरेका छन्।

वडाध्यक्ष खनालको आक्रमणबाट आले र नेपाल सख्त घाइते भएका छन्। रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार आले र नेपाल स्याङ्जाको आँधिखोला नदीमा भएको चरम प्राकृतिक दोहन रोक्न र सम्भावित प्राकृतिक दुर्घटना नियन्त्रणका लागि माग गर्दै गर्दा वडाध्यक्ष खनालको आक्रमणमा परेका हुन्।

वडाध्यक्ष खनालले रडले प्रहार गरेको घाइते नेपालले बताएका छन्। वडाध्यक्ष खनालको आक्रमणमा परी नेपालले लगाएको हेलमेट फुटेको छ भने दाहिने हातमा फ्याक्चर भएको छ। यस्तै आले पनि घाइते भएका छन्। उनीहरूलाई अहिले पोखरा अस्पताल लैजाँदैछन्।

‘रास्वपाले देशमा विद्यमान लुटतन्त्रको अन्त्य गर्ने भयले गरिएको यस प्रकारको हिंसात्मक र आपराधिक आक्रमणको रास्वपा घोर निन्दा गर्दछ,’ प्रवक्ता झाले भनेका छन्, ‘यस जघन्य अपराधमा संलग्न सबैलाई अविलम्ब गिरफ्तार गरि हदैसम्मको कारबाही गरियोस्।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]