०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

बालेन-हर्कसहित २० जनाबीच नयाँ पार्टी निर्माणबारे छलफल, सुमना श्रेष्ठ संयोजक बनाउन ‘सहमति !

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, जेठ ३०, २०८२

लामो समययता अमेरिका बस्दै आएका कलाकार भगवान् भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसहित अन्य २० जना युवाका बीचमा नयाँ पार्टी निर्माणबारे गम्भीर छलफल भएको खुलासा गरेका छन्।

भण्डारीले आफ्नो आधिकारिक पेसबूक ह्यान्डलमा लेखेको कुरालाई आधार मान्ने हो भने बालेन-हर्कसहित विभिन्न देशमा बस्ने २० जना युवाका बीचमा नेपालको राजनीतिबारे मात्रै छलफल भएको छैन, नयाँ पार्टी निर्माणबारे पनि छलफल अगाडि बढेको छ।

भण्डारीले सुमना श्रेष्ठलाई संयोजक बनाउने कुरामा पनि लगभग सहमति भएको उल्लेख गरेका छन्। उनले उल्लेख गरेको सुमना श्रेष्ठ पूर्वमन्त्रीसमेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (पार्टी) की सांसद हुन् या होइनन्, यसबारे छिनोफानो भइसकेको छैन। तर, उनले सुमना श्रेष्ठलाई संयोजक बनाउने कुरामा लगभग सहमति जुटेको बताएका छन्।

‘आज फेसबूक ग्रूपमा जोडिएर नेपालको राजनीतिको बारेमा निकै गम्भीर विषयमा कुराकानी भयो। राजनीतिलाई एकदमै नयाँ शिराबाट उठाएर पुराना भ्रष्टाचारीलाई विस्थापित गर्ने कुरामा सबै सहमत भए पनि हर्कजीको जिद्दीपन अलि बढी नै थियो। बालेनजी सोह्रैआना सहमत हुँदा सबैको समर्थन रह्यो। एकजना संयोजक र सबै सहसंयोजक रहने कुरामा पनि सबैको ताली बज्यो, सुमना श्रेष्ठ संयोजक हुने कुरामा केही असहमति देखिए पनि समग्रमा सबैको समर्थन रहेकोपाइयो,’ भण्डारीले फेसबूकमा लेखेका छन्।

अमेरिका बस्दै आएका भगवान् भण्डारीको फेसबूक स्टाटस।
भण्डारीका अनुसार छलफलमा सहभागी भएकाहरू पार्टीको नयाँ नाम राख्नेमा पनि सहमत भएका छन्। ‘२० जना जोडिएर गरेको लगभग ६५ मिनेटको बहस पूर्ण सकारात्मक रहेको महसुस गरेको छु,’ उनले लेखेका छन्।

त्यसो त बालेन र हर्क दुबै नयाँ पार्टी खोल्ने बहसभन्दा टाढा छैनन्। हर्कले त ०८४ को आवधिक निर्वाचनअघि नयाँ पार्टी बनाउने घोषणा नै गरिसकेका छन्। यता बालेनले सार्वजनिक मञ्चहरूमा नबोले पनि त्यसको तयारी गरिरहेको बताइन्छ। के भनिन्छ भने विभिन्न देशमा बस्ने केही युवाहरूले बालेनको नेतृत्वमा पार्टी बनाउनका काम गरिरहेका छन्।

फेरि यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वमन्त्री सुमना श्रेष्ठले पनि पार्टीको सहमहामन्त्री पद भर्खरै त्यागेकी छन्। उनले ‘एक व्यक्ति, एक पद’को नीति रटाउँदै पार्टीको सहमहामन्त्री पदबाट हात झिकेकी छन्।

यही पृष्ठभूमिको सेरोफेरो अमेरिकाबाट आएको यो समाचार कति तथ्यगत छ, देखिँदै जाला। तर, संयोगले सुमना श्रेष्ठ ती नै व्यक्ति हुन्, जसले अमेरिकामा लामो समय बितायो। तर, भण्डारीले उल्लेख गरेको सुमना श्रेष्ठ उनै सुमना श्रेष्ठ हुन् वा होइनन्, यसबारे पुष्टि भइसकेको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]