०७ साउन २०८३, बिहिबार
23-07-2026 , Thu
×

आरटिएफसि मलेसियाका अध्यक्ष राजु तामाङको सहयोगमा, सुनसरीका सरदार स्वदेश फर्किए

Logo
दिनेश खड्का'खप्तडि' प्रकाशित शनिबार, मंसिर २३, २०८०

मलेसिया। आरटिएफसि फुटबल क्लब मलेसियाको सहयोगमा आईटिभी रोगबाट पीडित भएका लुजाल सरदार स्वदेश फिर्ता भएका छन्।

सोनापुर १ सुनसरी घर भएका लुजाल सरदारलाई आरटिएफसि फुटबल क्लब मलेसिया र एनआरएनए मलेसियाका युवा संयोजक राजु तामाङको आर्थिक सहयोगमा उनि स्वदेश फर्किएका हुन्।

गैर आवासीय नेपाली संघ मलेसियाका युवा संयोजक राजु तामाङले पिडित सरदार लाई स्वदेश फिर्ता गर्नु पहिले ड्राइभ डकुमेन्ट दिदै

आरटिएफसि मलेसियाका अध्यक्ष समेत रहेका तामाङका अनुसार रोगबाट पिडित बनेका सानदारले आफु बिरामी छु भनेर टेलिफोन गरे र सम्पुर्ण बिवरण बताए पछि उनको अवस्था बुझ्दा साच्चिकै पिडित रहेछन् ।सरदार ले आफ्नो जन्मभूमि नेपालमै उपचार गराउन्छु मलाई स्वदेश पठाइदिनको लागि ईच्छा गरे त्यस पछि आफुले नेपालमै पठाउनको लागि प्रक्रिया अघाडी बढाएर शुक्रबार मालिन्डो एयरलाइन्स मार्फत स्वदेश पठाउन सफल भएको एनआरएनए मलेसियाका युवा संयोजक राजु तामाङले बताए।

लुजाल स्वदेश फर्किदै हवाईजहाज मा

लुजाल सरदार स्वदेश फिर्ता

 

लामो समयदेखि अबैधानिक रुपमा काम गर्दै आएका सरदारलाई स्वदेश फिर्ता पठाउनको लागि आवश्यक पर्ने ट्राभल डकुमेन्ट,हवाई टिकट र मलेसिया अध्यागमन विभागलाई तिर्नु पर्ने जरिवाना लगायत सम्पुर्ण खर्चमा मलेसियान दुई हजार दुई सय रिंगेट आरटीएफसीका सम्पुर्ण सदस्यबाट संकलन भएको थियो भने अन्य बाकि खर्च युवा संयोजक राजु तामाङ आफैंले सहयोग गरेका थिए।लुजाल आज भन्दा ९ बर्ष अघि द रिभर ओभरसिज मेनपावरबाट मलेसियाको टपनोथ्च कम्पनीमा आएका थिए।

स्वदेश फर्किएको लागि आवश्यक पर्ने सरदारको ड्राइभ डकुमेन्ट

सामाजिक क्षेत्रमा उतिकै महत्त्व दिदै मलेसियाको जोहोरबारुमा होटल व्यवसायिक गर्दै आएका तामाङ्गले देश तथा बिदेशमा समस्यामा परेका नेपालीहरुको उद्दार र सहयोग गर्ने गर्दछन । यस्तै मलेसिया रहेर नेपाली फुटबल क्षेत्रमा लामो समय देखि योगदान पुर्याउदै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]