०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

आरटिएफसि मलेसियाका अध्यक्ष राजु तामाङको सहयोगमा, सुनसरीका सरदार स्वदेश फर्किए

Logo
दिनेश खड्का'खप्तडि' प्रकाशित शनिबार, मंसिर २३, २०८०

मलेसिया। आरटिएफसि फुटबल क्लब मलेसियाको सहयोगमा आईटिभी रोगबाट पीडित भएका लुजाल सरदार स्वदेश फिर्ता भएका छन्।

सोनापुर १ सुनसरी घर भएका लुजाल सरदारलाई आरटिएफसि फुटबल क्लब मलेसिया र एनआरएनए मलेसियाका युवा संयोजक राजु तामाङको आर्थिक सहयोगमा उनि स्वदेश फर्किएका हुन्।

गैर आवासीय नेपाली संघ मलेसियाका युवा संयोजक राजु तामाङले पिडित सरदार लाई स्वदेश फिर्ता गर्नु पहिले ड्राइभ डकुमेन्ट दिदै

आरटिएफसि मलेसियाका अध्यक्ष समेत रहेका तामाङका अनुसार रोगबाट पिडित बनेका सानदारले आफु बिरामी छु भनेर टेलिफोन गरे र सम्पुर्ण बिवरण बताए पछि उनको अवस्था बुझ्दा साच्चिकै पिडित रहेछन् ।सरदार ले आफ्नो जन्मभूमि नेपालमै उपचार गराउन्छु मलाई स्वदेश पठाइदिनको लागि ईच्छा गरे त्यस पछि आफुले नेपालमै पठाउनको लागि प्रक्रिया अघाडी बढाएर शुक्रबार मालिन्डो एयरलाइन्स मार्फत स्वदेश पठाउन सफल भएको एनआरएनए मलेसियाका युवा संयोजक राजु तामाङले बताए।

लुजाल स्वदेश फर्किदै हवाईजहाज मा

लुजाल सरदार स्वदेश फिर्ता

 

लामो समयदेखि अबैधानिक रुपमा काम गर्दै आएका सरदारलाई स्वदेश फिर्ता पठाउनको लागि आवश्यक पर्ने ट्राभल डकुमेन्ट,हवाई टिकट र मलेसिया अध्यागमन विभागलाई तिर्नु पर्ने जरिवाना लगायत सम्पुर्ण खर्चमा मलेसियान दुई हजार दुई सय रिंगेट आरटीएफसीका सम्पुर्ण सदस्यबाट संकलन भएको थियो भने अन्य बाकि खर्च युवा संयोजक राजु तामाङ आफैंले सहयोग गरेका थिए।लुजाल आज भन्दा ९ बर्ष अघि द रिभर ओभरसिज मेनपावरबाट मलेसियाको टपनोथ्च कम्पनीमा आएका थिए।

स्वदेश फर्किएको लागि आवश्यक पर्ने सरदारको ड्राइभ डकुमेन्ट

सामाजिक क्षेत्रमा उतिकै महत्त्व दिदै मलेसियाको जोहोरबारुमा होटल व्यवसायिक गर्दै आएका तामाङ्गले देश तथा बिदेशमा समस्यामा परेका नेपालीहरुको उद्दार र सहयोग गर्ने गर्दछन । यस्तै मलेसिया रहेर नेपाली फुटबल क्षेत्रमा लामो समय देखि योगदान पुर्याउदै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]