०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

नेपाल थामी समाज मलेसियाको प्रथम अधिवेशन आइतबार जोहोरबारुमा सम्पन्न

Logo
Manoj Dashaundi प्रकाशित सोमबार, जेठ २७, २०८२

मलेसिया । नेपाल थामी समाज मलेसियाको प्रथम ऐतिहासिक अधिवेशन आइतबार जोहोर बारुस्थित लारकिनमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएन) क्षेत्रीय समिति, जोहोर बारुको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका उपाध्यक्ष तथा शेर्पा संघ मलेसियाका अध्यक्ष नावा नुरी शेर्पा प्रमुख अतिथिका रूपमा सहभागी थिए अधिवेशनले सन्तोष ठान्टी थामीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। कार्यसमितिमा पल ठान्टी थामी र निच थामी उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा अविरल थामी, सचिवमा मे हाङ ठान्टी थामी, कोषाध्यक्षमा नीर बहादुर थामी र सह–कोषाध्यक्षमा यङ लमि थामी चयन भएका छन्। सदस्यहरूमा भिम थामी, सन्तकुमार थामी, कमल थामी, प्रज्जल थामी, सुसान्त थामी, अनिल थामी, ॐ थामी लगायत अन्य गरी जम्मा २१ जनाको कार्यसमिति गठन गरिएको हो।

कार्यक्रमको उद्घाटन थामी समुदायको परम्परा अनुसार भुम्या पूजा अर्थात् तीन ढुंगाको पूजाबाट गरिएको थियो। यसपछि थामी धर्मग्रन्थको वाचन गरी कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो।

अधिवेशनमा मलेसियामा सक्रिय विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। थामी समुदायसँगै गैर–थामी समुदायको समेत बाक्लो सहभागिता रहेको उक्त कार्यक्रमलाई विविध सांस्कृतिक प्रस्तुतिहरूले झनै आकर्षक बनाएको थियो। विशेषगरी थामी समुदायको सांस्कृतिक पहिचान झल्काउने सैओले बम्बा नृत्य, प्रमुख तथा विशिष्ट अतिथिहरू सहित सहभागीहरूको संयुक्त नृत्यले कार्यक्रमको माहोल उल्लासमय बनाएको थियो।

कार्यक्रममा सहभागीहरूका लागि नेपाली परिकार सहित चियापानको विशेष व्यवस्था गरिएको थियो। नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि नावा नुरी शेर्पाले पद तथा गोपनीयताको शपथ गराएका थिए। साथै, प्रमाणपत्र वितरण गर्दै उनले थामी समुदायको एकता, पहिचान र संस्कृति जोगाउने कार्यमा समाजले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नव–निर्वाचित अध्यक्ष सन्तोष ठान्टी थामीले पछिल्लो जनगणना अनुसार नेपालमा थामी समुदायको जनसंख्या करिब ३२ हजार रहेको उल्लेख गर्दै, यो समुदायको मौलिक कला, धर्म, भाषा र संस्कृतिहरू क्रमशः लोप हुँदै गएकाले संरक्षण र प्रवर्द्धनका लागि नेपाल थामी समाज मलेसियाको भूमिका महत्वपूर्ण हुने बताए। उनले देश तथा विदेशमा छरिएर रहेका थामी समुदायलाई संगठित गरी साझा पहिचान निर्माणतर्फ समाज अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रमको सफल आयोजना गर्न नेपाल तामाङ घेदुङ, किरात राई यायोक्खा, हेल्प मधेश, सुदूरपश्चिम नेपाली समाज मलेसिया लगायत विभिन्न संघसंस्थाले उल्लेखनीय सहयोग गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]