०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

प्रवासी नेपाली मन्च मलेसिया र महामहिम डिल्लीराज पौडेल बिच भेटघाट ,बुझायो तिन बुँदे पत्र

Logo
दिनेश खड्का'खप्तडि' प्रकाशित शुक्रबार, मंसिर २२, २०८०

मलेसिया।नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रवास संगठन प्रवासी नेपाली मञ्च मलेसिया र नेपाली राजदूतावास मलेसियाका राजदुत महामहिम डिल्लीराज पौडेल बिच भेटघाट भएको छ।

भेटघाटमा मलेसियामा श्रम गर्दै आएका नेपालीले कुनै कारणबस जेल सजाय पाईसकिएर आर्थिक विपन्नताको कारण घर फर्किन नसक्ने अवस्थामा रहेका पीडित र मलेसियामा अस्वस्थ रहेर पनि उपचार गराउन आर्थिकमा कम्जोर रहेका नेपाली श्रमिक पिडितलाई आफ्नो देश नेपालमा फर्काउनको लागि प्रवासी नेपाली मञ्च मलेसियाले आवश्यक सहयोग र समस्याको समाधान गर्दै आएको स्मरण गराउदै आगामि दिनमा पनि राजदूतावासको समन्वयमा थप प्रभावकारी बनाउने प्रतिवद्धता सहित तिन बुँदे अनुरोध माग राख्दै राजदूत महामहिम पौडेललाई जानकारी पत्र बुझाएको सचिव कृष्ण खडकाले बताए।‌

राजदूत महामहिम पौडेललाई जानकारी पत्र बुझाउदै मन्च का अध्यक्ष र सचिव

यसैगरी आजको भेटघाटमा राजदूत महामहिम पौडेललाई प्रवासी नेपाली मञ्चको दोस्रो राष्ट्रिय अधिबेशनबाट निर्वाचित कार्यसमितिको आधिकारिक रूपमा जनाकारी गराएको छ।

उक्त छलफलमा प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, पुर्व अध्यक्ष एव सल्लाहकार सेर बहादुर गुरुङ, सचिव कृष्ण खडका, राष्ट्रिय कमिटी सदस्य सुर्य बहादुर कुवँर, राष्ट्रिय कमिटी सदस्य राज कुमार श्रेष्ठ, पत्रकार सविन लोप्चन लगायतको सहभागीता रहेको थियो।

आज भन्दा करिव तिन महिना अघाडी मलेसियामा भएको एक कार्यक्रमलाई सम्वोधन गर्दै मन्च अध्यक्ष दयाराम कुमालले आर्थिक रुपमा समस्या परेका स्वदेश फर्किन चाहाने नेपाली बास्तबिक पिडितलाई बार्षिक साठी वटा हवाई टिकट नेपाली राजदूतावासको समन्वयमा उपलब्ध गराउने घोषणा गरेका थिए।
यस्तै प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल र सचिव कृष्ण खडकाको सयुक्त हस्ताक्षरमा प्रतिबद्धता जानकारी सहित मन्चले दुतावासलाई तिन बुँदे अनुरोध पत्रमा उल्लेख गरियका मागहरु यस्ता छन्।

१) जेल परेका पीडितको सम्बन्धमा कम्तिमा पनि १ पटक ट्राभल डकुमेन्ट जारी भएर पनि हवाई टिकटको व्यवस्था कहि कतैबाट पनि हुन नसकेको अवस्था हुनु पर्नेछ ।

२)कुनै कारणबस अवैधानिक भई बसोबास गरिरहेका नेपाली नागरिक अस्वस्थ्य भई आर्थिक अभावका कारण उपचार गर्न/गराउन नसक्ने अवस्थाका पीडित घरफिर्ती हुन चाहेको अवस्था हुनु पर्नेछ ।

-सर्त १ र २ को हकमा नेपाल राजदूतवासले आवश्यक कागजात पूर्ण रुपमा निःशूल्क जारी गरेको हुनु पर्नेछ ।

३)उपरोक्त सर्तहरु प्रमाणित हुने गरिको कागजात सहित हवाई टिकट माग गरिदिन हुन प्रवासी नेपाली मञ्चलाई हार्दिक अनुरोध गरि पठाउने ।

यो समाचार तयार पार्दासम्म राजदूतावासको समन्वयमा प्रवासी नेपाली मञ्च मलेसियाले १८ जनालाई हवाई टिकट उपलव्ध गराईसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]