०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

प्रवासी नेपाली मन्च मलेसिया र महामहिम डिल्लीराज पौडेल बिच भेटघाट ,बुझायो तिन बुँदे पत्र

Logo
दिनेश खड्का'खप्तडि' प्रकाशित शुक्रबार, मंसिर २२, २०८०

मलेसिया।नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रवास संगठन प्रवासी नेपाली मञ्च मलेसिया र नेपाली राजदूतावास मलेसियाका राजदुत महामहिम डिल्लीराज पौडेल बिच भेटघाट भएको छ।

भेटघाटमा मलेसियामा श्रम गर्दै आएका नेपालीले कुनै कारणबस जेल सजाय पाईसकिएर आर्थिक विपन्नताको कारण घर फर्किन नसक्ने अवस्थामा रहेका पीडित र मलेसियामा अस्वस्थ रहेर पनि उपचार गराउन आर्थिकमा कम्जोर रहेका नेपाली श्रमिक पिडितलाई आफ्नो देश नेपालमा फर्काउनको लागि प्रवासी नेपाली मञ्च मलेसियाले आवश्यक सहयोग र समस्याको समाधान गर्दै आएको स्मरण गराउदै आगामि दिनमा पनि राजदूतावासको समन्वयमा थप प्रभावकारी बनाउने प्रतिवद्धता सहित तिन बुँदे अनुरोध माग राख्दै राजदूत महामहिम पौडेललाई जानकारी पत्र बुझाएको सचिव कृष्ण खडकाले बताए।‌

राजदूत महामहिम पौडेललाई जानकारी पत्र बुझाउदै मन्च का अध्यक्ष र सचिव

यसैगरी आजको भेटघाटमा राजदूत महामहिम पौडेललाई प्रवासी नेपाली मञ्चको दोस्रो राष्ट्रिय अधिबेशनबाट निर्वाचित कार्यसमितिको आधिकारिक रूपमा जनाकारी गराएको छ।

उक्त छलफलमा प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, पुर्व अध्यक्ष एव सल्लाहकार सेर बहादुर गुरुङ, सचिव कृष्ण खडका, राष्ट्रिय कमिटी सदस्य सुर्य बहादुर कुवँर, राष्ट्रिय कमिटी सदस्य राज कुमार श्रेष्ठ, पत्रकार सविन लोप्चन लगायतको सहभागीता रहेको थियो।

आज भन्दा करिव तिन महिना अघाडी मलेसियामा भएको एक कार्यक्रमलाई सम्वोधन गर्दै मन्च अध्यक्ष दयाराम कुमालले आर्थिक रुपमा समस्या परेका स्वदेश फर्किन चाहाने नेपाली बास्तबिक पिडितलाई बार्षिक साठी वटा हवाई टिकट नेपाली राजदूतावासको समन्वयमा उपलब्ध गराउने घोषणा गरेका थिए।
यस्तै प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल र सचिव कृष्ण खडकाको सयुक्त हस्ताक्षरमा प्रतिबद्धता जानकारी सहित मन्चले दुतावासलाई तिन बुँदे अनुरोध पत्रमा उल्लेख गरियका मागहरु यस्ता छन्।

१) जेल परेका पीडितको सम्बन्धमा कम्तिमा पनि १ पटक ट्राभल डकुमेन्ट जारी भएर पनि हवाई टिकटको व्यवस्था कहि कतैबाट पनि हुन नसकेको अवस्था हुनु पर्नेछ ।

२)कुनै कारणबस अवैधानिक भई बसोबास गरिरहेका नेपाली नागरिक अस्वस्थ्य भई आर्थिक अभावका कारण उपचार गर्न/गराउन नसक्ने अवस्थाका पीडित घरफिर्ती हुन चाहेको अवस्था हुनु पर्नेछ ।

-सर्त १ र २ को हकमा नेपाल राजदूतवासले आवश्यक कागजात पूर्ण रुपमा निःशूल्क जारी गरेको हुनु पर्नेछ ।

३)उपरोक्त सर्तहरु प्रमाणित हुने गरिको कागजात सहित हवाई टिकट माग गरिदिन हुन प्रवासी नेपाली मञ्चलाई हार्दिक अनुरोध गरि पठाउने ।

यो समाचार तयार पार्दासम्म राजदूतावासको समन्वयमा प्रवासी नेपाली मञ्च मलेसियाले १८ जनालाई हवाई टिकट उपलव्ध गराईसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]