मलेसिया,मलाका । मलेसियाको मलाका राज्यमा २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) दुइ दिन सुरु भएकाे सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिताकाे प्रथम पुरस्कार निलाइ स्पाेर्ट्स भलिबल क्लबले हात पारेकाे छ । र दाेस्राे पुरस्कार गाेर्खाली भलिबल क्लब जोहोर संगै तेस्राे पुरस्कार आदीखाेला स्याङ्जा भलिबल क्लबले हात पारेका छन।

मलेसियामा रहेका नेपाली प्रवासीहरूकाे एउटै मञ्च सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं याे वर्ष पनि भलिबल प्रतियोगिताकाे आयोजना गरेकाे थियाे ।
पहिलाे दिन सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाका अध्यक्ष प्रदिप बाेहाेराकाे अध्यक्षता र गैर आवासिय नेपाली संघ मलेसिया ( एन आर एनए ) का सहसचिव बिष्णु प्रसाद बरालकाे प्रमुख आथित्यतामा कार्यक्रम संन्चालन गरीएकाे थियाे । कार्यक्रम संन्चालन भने सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसिया महांसचिव अर्जुन लावतिले गर्नुभएकाे थियाे ।

प्रतियोगितामा मलेसियामा रहेका नेपाली खेल प्रेमी,खेलाडी लगायतकाे बाक्लाे उपस्थिति समेत रहेकाे थियाे भने दाेस्राे दिनकाे कार्यक्रममा प्रमुख अथितिकाे रूपमा गैर आवासिय नेपाली संघ मलेसिया ( एन आर एनए ) मलेसियाका केन्द्रीय अध्यक्ष राकेश कुमार महत्वकाे समेत उपस्थिति रहेकाे थियाे । प्रतियोगिता तामान बाँचाङ जया, मलाका, मलेसिया मा आयोजना भएकाे थियाे ।
कार्यक्रममा डान्सर तथा कलाकार बर्षा राइकाे आक्रषक नित्यले ,दर्षक हरूकाे ध्यान केन्द्रीत गरेकाे थियाे ।

उक्त प्रतियोगितामा पुरस्कारहरू:
पहिलो पुरस्कार: नगद RM ३३३३, ट्रफी, मेडल र प्रमाणपत्र
दोश्रो पुरस्कार: नगद RM २२२२, ट्रफी, मेडल र प्रमाणपत्र
तेस्रो पुरस्कार: नगद RM ११११, ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरीएकाे थियाे ।
पुरस्का वितरणकाे कार्य सकिय संगै सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाका अध्यक्ष प्रदिप बाेहाेराले सबैलाइ सम्बाेधन गरेर कार्यक्रमकाे समापन गर्नुभएकाे थियाे ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिरो नेपाल टिभी को फेसबुक पेज र युट्युब च्यानल बाट समेत गरीएकाे थियाे ।

