०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिताकाे प्रथम पुरस्कार निलाइ स्पाेर्टस् क्लब लाइ

Logo
Manoj Dashaundi प्रकाशित आइतबार, जेठ २६, २०८२

मलेसिया,मलाका । मलेसियाको मलाका राज्यमा  २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) दुइ  दिन सुरु भएकाे  सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिताकाे प्रथम पुरस्कार निलाइ स्पाेर्ट्स भलिबल क्लबले  हात पारेकाे छ । र दाेस्राे पुरस्कार गाेर्खाली भलिबल क्लब जोहोर संगै तेस्राे पुरस्कार आदीखाेला स्याङ्जा भलिबल क्लबले  हात पारेका छन।

मलेसियामा रहेका नेपाली प्रवासीहरूकाे एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं याे वर्ष पनि भलिबल प्रतियोगिताकाे आयोजना गरेकाे थियाे ।

पहिलाे दिन सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाका अध्यक्ष प्रदिप बाेहाेराकाे अध्यक्षता र गैर आवासिय नेपाली संघ मलेसिया ( एन आर एनए ) का सहसचिव  बिष्णु प्रसाद बरालकाे प्रमुख  आथित्यतामा कार्यक्रम संन्चालन गरीएकाे थियाे । कार्यक्रम संन्चालन भने सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसिया महांसचिव अर्जुन लावतिले गर्नुभएकाे थियाे  ।

प्रतियोगितामा मलेसियामा रहेका नेपाली खेल प्रेमी,खेलाडी लगायतकाे बाक्लाे उपस्थिति  समेत रहेकाे थियाे भने दाेस्राे दिनकाे कार्यक्रममा प्रमुख अथितिकाे रूपमा  गैर आवासिय नेपाली संघ मलेसिया ( एन आर एनए ) मलेसियाका केन्द्रीय अध्यक्ष राकेश कुमार महत्वकाे समेत उपस्थिति रहेकाे थियाे  । प्रतियोगिता तामान बाँचाङ जया, मलाका, मलेसिया मा आयोजना भएकाे थियाे ।

कार्यक्रममा डान्सर तथा कलाकार बर्षा राइकाे  आक्रषक नित्यले ,दर्षक हरूकाे ध्यान केन्द्रीत गरेकाे थियाे ।

उक्त प्रतियोगितामा पुरस्कारहरू:

पहिलो पुरस्कार: नगद RM ३३३३, ट्रफी, मेडल र प्रमाणपत्र

दोश्रो पुरस्कार: नगद RM २२२२, ट्रफी, मेडल र प्रमाणपत्र

तेस्रो पुरस्कार: नगद RM ११११, ट्रफी, मेडल र प्रमाणपत्र  समेत प्रदान गरीएकाे थियाे ।

पुरस्का वितरणकाे कार्य सकिय संगै सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाका अध्यक्ष प्रदिप बाेहाेराले सबैलाइ सम्बाेधन गरेर कार्यक्रमकाे समापन गर्नुभएकाे थियाे ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिरो नेपाल टिभी को फेसबुक पेज र युट्युब च्यानल बाट समेत गरीएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]