०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सगरमाथा आमन्त्रण भलिबल कपकाे सम्पुर्ण तयारी पुरा,जम्मा १८, टिम सहभागि हुदै

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, जेठ २४, २०८२

मलेसिया । मलेसियाको मलाका राज्यमा भाेली र पर्सि अर्थात  २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) दुर्इदिन सुरुहुने सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिताकाे सम्पुर्ण तयारी पुरा भएकाे अयाेक सस्थाले जनाएकाे छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूकाे एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं याे वर्ष पनि भलिबल प्रतियोगिताकाे आयोजना गरेकाे हाे।

स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा जम्मा १८ टिमकाे सहभागीत रहने अयाेजक  टिम  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाका महाँचिव अर्जुन लावतीले जानकारी दिनुभएकाे छ ।

प्रतियोगिताका लागि सहभागी टिमहरू:

✅मलाका राज्य भित्रबाट समाबेस टिमहरू:

1. सयपत्री युवा क्लब मलाका अलोरगाजा ।

2. फेटा भलिबल क्लब- A मलाका ।

3. फेटा भलिबल क्लब -B मलाका ।

4. टाइगर भलिबल क्लब -A मलाका ।

5.टाइगर भलिबल क्लब -B मलाका ।

6. अलोरगाजा युनाइटेड क्लब मलाका ।

7. भण्डारी रेस्टुरेन्ट अलोरगाजा ।

8. एन्सेल भलिबल  क्लब मलाका  ।

9. निउ बाेइज  भलिबल क्लब मलाका ।

10. सगरमाथा  युवा क्लब -A मलाका ।

11. सगरमाथा  युवा क्लब -A मलाका ।

✅ आतिथ्य टिमहरू (मलाका बाहिरबाट आमन्त्रित टिमहरू):

1. बङ्गुरे  BYC भलिबल क्लब जोहोर मुहार ।

2. गाेर्खाली भलिबल क्लब जोहोर ।

3. गुल्मी सेवा समाज मलेसीया KL ।

4. म्याग्दी प्रबासी नेपाली संघ माेना मलेसीया ।

5. आदीखाेला स्याङ्जा भलिबल  KL ।

6. निलाइ स्पाेर्ट्स भलिबल क्लब KL ।

7.  निवलपुर भलीबल    KL ।

प्रतियोगितामा  समाबेस हुने टिमहरूलार्इ  भाेली बिहान, अर्थात जुन ७ तारीक बिहाँन १० बजे पहिलाे चरणकाे  खेलकाेलागी चिठ्ठा तान्ने समय र ११ बजे देखी खेल सुरूहुने गरि आमन्त्रण गिरएकाे महाँचिव  लावतीले जानकारी दिनुभएकाे छ ।

आयोजक सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले मलेसियामा रहनु भएका सम्पुर्ण खेल प्रेमी,खेलाडी तथा सम्पुर्ण नेपालीहरूलार्इ गरिमामय उपस्थितिकालागी  हार्दिक अनुरोध गरेको छ।

प्रतियोगिता तामान बाँचाङ जया, मलाका, मलेसिया मा आयोजना हुनेछ।

प्रतियोगिता पुरस्कारहरू:

पहिलो पुरस्कार: नगद RM ३३३३, ट्रफी, मेडल र प्रमाणपत्र

दोश्रो पुरस्कार: नगद RM २२२२, ट्रफी, मेडल र प्रमाणपत्र

तेस्रो पुरस्कार: नगद RM ११११, ट्रफी, मेडल र प्रमाणपत्र  समेत प्रदान गरीने  छ ।

खेल सुरु हुने समय: २०२५ जुन ७, विहान १०:०० बजे देखी

खेलमा समाबेस  टिमलाई जितेपछि  बस्नको व्यवस्थापन आयोजकले गर्नेछ। तर,खाना र  यातायात खर्चकाे जिम्मेवारी टिम आफैंले गर्नु पर्ने अायाेजक  टिमले जनाएकाे छ ।

यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिरो नेपाल टिभी को फेसबुक पेज र युट्युब च्यानल बाट एकैसाथ हेर्न सकिनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]