०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

सगरमाथा आमन्त्रण भलिबल कपकाे सम्पुर्ण तयारी पुरा,जम्मा १८, टिम सहभागि हुदै

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, जेठ २४, २०८२

मलेसिया । मलेसियाको मलाका राज्यमा भाेली र पर्सि अर्थात  २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) दुर्इदिन सुरुहुने सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिताकाे सम्पुर्ण तयारी पुरा भएकाे अयाेक सस्थाले जनाएकाे छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूकाे एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं याे वर्ष पनि भलिबल प्रतियोगिताकाे आयोजना गरेकाे हाे।

स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा जम्मा १८ टिमकाे सहभागीत रहने अयाेजक  टिम  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाका महाँचिव अर्जुन लावतीले जानकारी दिनुभएकाे छ ।

प्रतियोगिताका लागि सहभागी टिमहरू:

✅मलाका राज्य भित्रबाट समाबेस टिमहरू:

1. सयपत्री युवा क्लब मलाका अलोरगाजा ।

2. फेटा भलिबल क्लब- A मलाका ।

3. फेटा भलिबल क्लब -B मलाका ।

4. टाइगर भलिबल क्लब -A मलाका ।

5.टाइगर भलिबल क्लब -B मलाका ।

6. अलोरगाजा युनाइटेड क्लब मलाका ।

7. भण्डारी रेस्टुरेन्ट अलोरगाजा ।

8. एन्सेल भलिबल  क्लब मलाका  ।

9. निउ बाेइज  भलिबल क्लब मलाका ।

10. सगरमाथा  युवा क्लब -A मलाका ।

11. सगरमाथा  युवा क्लब -A मलाका ।

✅ आतिथ्य टिमहरू (मलाका बाहिरबाट आमन्त्रित टिमहरू):

1. बङ्गुरे  BYC भलिबल क्लब जोहोर मुहार ।

2. गाेर्खाली भलिबल क्लब जोहोर ।

3. गुल्मी सेवा समाज मलेसीया KL ।

4. म्याग्दी प्रबासी नेपाली संघ माेना मलेसीया ।

5. आदीखाेला स्याङ्जा भलिबल  KL ।

6. निलाइ स्पाेर्ट्स भलिबल क्लब KL ।

7.  निवलपुर भलीबल    KL ।

प्रतियोगितामा  समाबेस हुने टिमहरूलार्इ  भाेली बिहान, अर्थात जुन ७ तारीक बिहाँन १० बजे पहिलाे चरणकाे  खेलकाेलागी चिठ्ठा तान्ने समय र ११ बजे देखी खेल सुरूहुने गरि आमन्त्रण गिरएकाे महाँचिव  लावतीले जानकारी दिनुभएकाे छ ।

आयोजक सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले मलेसियामा रहनु भएका सम्पुर्ण खेल प्रेमी,खेलाडी तथा सम्पुर्ण नेपालीहरूलार्इ गरिमामय उपस्थितिकालागी  हार्दिक अनुरोध गरेको छ।

प्रतियोगिता तामान बाँचाङ जया, मलाका, मलेसिया मा आयोजना हुनेछ।

प्रतियोगिता पुरस्कारहरू:

पहिलो पुरस्कार: नगद RM ३३३३, ट्रफी, मेडल र प्रमाणपत्र

दोश्रो पुरस्कार: नगद RM २२२२, ट्रफी, मेडल र प्रमाणपत्र

तेस्रो पुरस्कार: नगद RM ११११, ट्रफी, मेडल र प्रमाणपत्र  समेत प्रदान गरीने  छ ।

खेल सुरु हुने समय: २०२५ जुन ७, विहान १०:०० बजे देखी

खेलमा समाबेस  टिमलाई जितेपछि  बस्नको व्यवस्थापन आयोजकले गर्नेछ। तर,खाना र  यातायात खर्चकाे जिम्मेवारी टिम आफैंले गर्नु पर्ने अायाेजक  टिमले जनाएकाे छ ।

यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिरो नेपाल टिभी को फेसबुक पेज र युट्युब च्यानल बाट एकैसाथ हेर्न सकिनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]