०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

अमेरिकाले नेपालीलाई दिँदै आएको टीपीएस सुविधा खारेज,२ महिनाभित्र स्वदेश फर्किन उर्दी

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, जेठ २४, २०८२

अमेरिकामा नेपालीलाई दिइएको अस्थायी बसोवाससम्बन्धी अनुमति टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज भएको छ।

अमेरिकाको गृह सुरक्षा मन्त्रालयले आज एक सूचना जारी गरी नेपालको अवस्थाको समीक्षा र सम्बन्धित साझेदार निकायहरूसँगको परामर्शपछि नेपालीले टीपीएसका लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने निष्कर्ष निकालेको जनाएको छ।

गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले नेपालको अवस्थाले अब टीपीएसको लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने घोषणा गरेकी हुन्।

टीपीएस सशस्त्र द्वन्द्व, वातवरणीय प्रलय र अन्य असाधारण संकटमा रहेका मुलुकका आप्रवासीलाई अमेरिकामा बस्ने र काम गर्ने अनुमति दिने कार्यक्रम हो। यसअन्तर्गत नेपाल, एल साल्भाडोर, निकारागुआ र होन्डुरसका ३ लाख ३७ हजार आप्रवासी अमेरिकामा बसोबास गरिरहेका छन्। उनीहरुले अमेरिकामा वैध रुपमा बस्ने अधिकार गुमाउन पुगेका छन्।

नेपालीको लागि टीपीएस हैसियत सूचना प्रकाशित भएको ६० दिनपछि अर्थात् २०२५ मा अगस्ट ५ राति ११:५९ बजे समाप्त हुने भनिएको छ। पीएस हैसियतमा अमेरिकामा बसेका नेपालीहरूलाई अन्य हैसियतमा बस्ने वैधानिक आधार छैन भने अब स्वदेश फर्किने तयारी गर्न त्यहाँको गृह सुरक्षा मन्त्रालयले भनेको छ।

२०२१ को अन्त्यसम्ममा १४ हजार ५५६ नेपाली अमेरिकामा टीपीएस कार्यक्रमअन्तर्गत बसिरहेका थिए। गत सेप्टेम्बरमा सार्वजनिक गरिएको अर्को तथ्यांकमा भने विश्वका १६ देशबाट ८ लाख ६३ हजार ८८० जना रहेकामा नेपालका ७ हजार ८७५ जना अमेरिकामा टीपीएस कार्यक्रमअन्तर्गत बसिरहेको देखाइएको छ।

राष्ट्रपति बाराक ओबामाको प्रशासनले २०१५ नेपालीलाई टीपीएसको हैसियत प्रदान गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]