२६ मंसिर २०८२, बिहिबार
11-12-2025 , Thu
×

प्रचण्डको चुनौती- प्रधानमन्त्रीले गिरिबन्धुको छानबिन मैबाट सुरू गरौं भनेर देखाऊनुस

Logo
HeroNepal-tv प्रकाशित शनिबार, जेठ १८, २०८२

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबार प्रकरणमा आफ्नो कुनै संलग्नता नभएका कारण छानबिन आफूबाटै सुरू गरियोस् भनेको बताएका छन्।

शनिबार बिहान नुवाकोटमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले नियोजित रूपले आफूलाई शेरा दरबार प्रकरणमा जोडेर पार्टी र त्यसको नेतृत्वमाथि षड्यन्त्र गर्न खोजिएको बताएका हुन्।

‘मैले सदनमा उभिएर प्रधानमन्त्री जी तुरून्तै शेरा दरबार प्रकरणमा छानबिन सुरू गरिहाल्नुस् भनेको थिएँ। मैबाट सुरू गरियोस् पनि भनेको थिएँ। छानबिन गर्न आँट हुने स्थिति भएन किनकी मेरो कुनै संलग्नता थिएन। केही पनि छैन। केही नभएकै हुनाले मैबाट सुरू गरियोस् भनेको हुँ,’ उनले भने।

उनले त्यस्तै प्रकरणमा मुछिएका अरू नेताहरूले आफैबाट छानबिन सुरू गरियोस् भन्न नसक्ने बताए।

‘अरूले पनि भनेर देखाऊन्। गिरिबन्धु मैबाट छानबिन गरौं भनेर प्रधानमन्त्रीजीले भनुन् त। अरू जग्गाको केसमा अरूले भनुन् त,’ उनले भने।

अध्यक्ष प्रचण्डले क्यान्टोनमेन्टको विषय पनि नियोजित ढंगले बेलाबेला उठाउन खोजिने बताए। तर त्यसको हिसाबकिताब सबै मिलिसकेको उनले बताए।

‘त्यो शान्ति सम्झौताको अत्यन्त संवेदनशील विषय हो। त्यसको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी गिरिजाप्रसाद कोइरालाले लिनुभएको हो। अर्थमन्त्री रामशरण महत थिए। सबै गरेको उनीहरुले हो। यताबाट शान्ति प्रक्रियाको मन्त्री महराज्यू हुनुहुन्थ्यो। सबै हिसाबकिताब क्लिअर भएको विषयलाई उठाइराख्ने र बदनाम मात्रै गर्न खोजियो। माओवादी पार्टी अलि राम्रो हुन थाल्यो र जनताले मन पराउन थाल्यो भने त्यहीबेला उठाइदिहाल्ने प्रचलन छ। त्यसमा कुनै तुक छैन,’ उनले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

 मलेसिया – मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका एक नेपाली सुरक्षागार्डलाई विरालामाथि क्रुर र अशोभनीय व्यवहार गरेको आरोपमा सेशन्स अदालतले आरएम ४० हजार जरिवाना तिर्न आदेश दिएको छ। जरिवाना तिर्न नसकेमा उनलाई १५ महिनासम्म जेल सजाय हुने निर्णय गरिएको छ। ३३ वर्षीय अर्मान शाहले बुधबार अदालतमा उपस्थित भई आफू दोषी ठहरेको स्वीकार गरेपछि न्यायाधीश नोर […]

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]