०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

प्रचण्डको चुनौती- प्रधानमन्त्रीले गिरिबन्धुको छानबिन मैबाट सुरू गरौं भनेर देखाऊनुस

Logo
HeroNepal-tv प्रकाशित शनिबार, जेठ १८, २०८२

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबार प्रकरणमा आफ्नो कुनै संलग्नता नभएका कारण छानबिन आफूबाटै सुरू गरियोस् भनेको बताएका छन्।

शनिबार बिहान नुवाकोटमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले नियोजित रूपले आफूलाई शेरा दरबार प्रकरणमा जोडेर पार्टी र त्यसको नेतृत्वमाथि षड्यन्त्र गर्न खोजिएको बताएका हुन्।

‘मैले सदनमा उभिएर प्रधानमन्त्री जी तुरून्तै शेरा दरबार प्रकरणमा छानबिन सुरू गरिहाल्नुस् भनेको थिएँ। मैबाट सुरू गरियोस् पनि भनेको थिएँ। छानबिन गर्न आँट हुने स्थिति भएन किनकी मेरो कुनै संलग्नता थिएन। केही पनि छैन। केही नभएकै हुनाले मैबाट सुरू गरियोस् भनेको हुँ,’ उनले भने।

उनले त्यस्तै प्रकरणमा मुछिएका अरू नेताहरूले आफैबाट छानबिन सुरू गरियोस् भन्न नसक्ने बताए।

‘अरूले पनि भनेर देखाऊन्। गिरिबन्धु मैबाट छानबिन गरौं भनेर प्रधानमन्त्रीजीले भनुन् त। अरू जग्गाको केसमा अरूले भनुन् त,’ उनले भने।

अध्यक्ष प्रचण्डले क्यान्टोनमेन्टको विषय पनि नियोजित ढंगले बेलाबेला उठाउन खोजिने बताए। तर त्यसको हिसाबकिताब सबै मिलिसकेको उनले बताए।

‘त्यो शान्ति सम्झौताको अत्यन्त संवेदनशील विषय हो। त्यसको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी गिरिजाप्रसाद कोइरालाले लिनुभएको हो। अर्थमन्त्री रामशरण महत थिए। सबै गरेको उनीहरुले हो। यताबाट शान्ति प्रक्रियाको मन्त्री महराज्यू हुनुहुन्थ्यो। सबै हिसाबकिताब क्लिअर भएको विषयलाई उठाइराख्ने र बदनाम मात्रै गर्न खोजियो। माओवादी पार्टी अलि राम्रो हुन थाल्यो र जनताले मन पराउन थाल्यो भने त्यहीबेला उठाइदिहाल्ने प्रचलन छ। त्यसमा कुनै तुक छैन,’ उनले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]