०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

गृहमन्त्री लेखकले राजीनामा दिनपर्दैन : प्रधानमन्त्री ओली

Logo
HeroNepal-tv प्रकाशित शनिबार, जेठ १८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिन नपर्ने बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपका सम्पादक र पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्री केपी ओली यस्तो बताउनुभएको हो ।

आफुले विपक्षीको अधिकारको सम्मान गरेको तर गृहमन्त्रीकाे राजीनामा माग्नुको कुनै तुक नरहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । उहाँले लाखौँ कर्मचारी मध्य कुनैले गल्ती गर्यो भन्दैमा गृहमन्त्रीले राजीनामा गर्नुपर्छ र ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो,‘प्रतिपक्षीलाई सरकार नै मन परेको छैन भने गृहमन्त्रीको मात्र किन राजीनामा माग्नु ? म विपक्षीको अधिकारको सम्मान गर्छु । तर गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक छैन, कुनै अर्थ छैन । सीजन यही हो, मैले पनि विरोध गर्नुपर्छ भन्नुमा कुनै तर्क छैन। अख्तियारले एकजना कर्मचारीलाई बोलायो, फर्काइदियो। बयान लिएको छैन, थुनेको छैन। गृहमन्त्रीले राजीनामा गर्नुपर्यो भन्या के हो त्यो ? लाखौं कर्मचारीमध्ये कुनैले गल्ती गर्‍यो भन्दैमा गृहमन्त्रीले राजीनामा गर्नुपर्छ र ?’

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले सिमितताहरूलाई आधार मानेर बजेट ल्याइएको स्पष्ट समेत पार्नुभएको छ । यस्तै उहाँले बजेट यथार्थ आएको र जे सम्भव छ, त्यसरी बजेट आएको स्पष्ट पार्नुभयाे।

उहाँले भन्नुभयो,‘हाम्रा सिमितताहरूलाई आधार मानेर बजेट आएको छ। बजेट यथार्थ आएको छ। जे सम्भव छ, त्यसरी बजेट आएको छ। निराधार ढंगले बजेट ल्याउनु अर्थतन्त्रलाई धरासायी बनाउनु हो । आर्थिक अराजकता ल्याउनु हो। त्यस्तो गरिएको छैन।’

कान्तिपुर मिडिया ग्रुपका सम्पादक तथा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री भन्नुहुन्छ, ‘राज्यलाई नबुझ्दा हामीले पहिले ल्याएका बजेटलाई पपुलिस्ट भनिएको हो। ५१ मा वृद्ध भत्ता ल्याउनु भनेको सामाजिक उत्तरदायित्व थियो। समाजको अशक्त र पछि परेको समुदायलाई राज्यले अघि सार्नुपर्छ। कोहि भोकै नपरोस भनेर राज्यले काम गर्नुपर्छ । विकासका लागि पूर्वाधार चाहिन्छ। यसअघि हामीले पूर्वाधार बनाउनेमा प्राथमिकता दियौं। हामीले देशमा विकासका निम्ति पूर्वाधार निर्माणलाई प्राथमिकता दियौं, विकासका लागि पूर्वाधार नभई हुँदैन । एक चरणको पूर्वाधार हामीले तयार पार्‍यौं। पुगेको छैन तर एक तहमा पूर्वाधार बने। अब देशका कुनै पनि जिल्ला दुर्गम भन्ने रहेन। पूर्वाधार बनाउनमा ध्यान दिन लाग्दा पपुलिस्ट भने। हामी त्यसमा विश्वास गर्दैनौं।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]