०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सरकारले गर्याे दक्षिण कोरियामा अध्ययनका लागि अनुमति पत्र दिन रोक

Logo
HeroNepal-tv प्रकाशित शनिबार, जेठ १८, २०८२

काठमाडौं । सरकारले दक्षिण कोरियामा भाषा र स्नातक तहमा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र दिन रोक लगाएको छ ।

उच्चशिक्षा अध्ययनका लागि भन्दै कोरिया जाने तर शैक्षिक संस्थामा नियमित गई नपढ्ने, काममा मात्र जोड दिने जस्ता विकृति बढेपछि सरकारले कोरियामा अध्ययनका लागि दिइने अनुमति पत्रमा रोक लगाएको हो । तर, कोरिया जान चाहने विद्यार्थीहरूले भने केहि विद्यार्थीको समस्या देखाएर अनुमति पत्रमै रोक लगाउनु पढ्न पाउने अधिकार र मानव अधिकारकै हनन भएको भन्दै पुनविचार हुनुपर्ने माग गरिरहेका छन ।

काठमाडौंकी रेखा मगर उच्चशिक्षा अध्ययनका लागि दक्षिण कोरिया जाने तर्खरमा छिन । व्यवस्थापन विषयमा स्नातक तह अर्थात् डी टूमा विद्यार्थी भिषाका लागि आवेदन दिएको र विश्वविद्यालयबाट सबै प्रकृया पुरा गरी सरकारबाट वेदैशिक अध्ययन अनुमतिको लागि प्रकृयाका लागि निवेदन दिएको अन्तिम समयमा आएर अनुमति पत्र दिन रोक लगाएपछि रेखालाई चिन्ताले सताएको छ । विदेशमा पढ्न पाउने हक अधिकार हनन् भएको भन्दै न्यायका लागि लड्ने उनले बताएकी छन ।

कोरियामा उच्चशिक्षा अध्ययनकालागि सरकारले अनुमति पत्र रोकेपछि रेखा जस्ता धेरै विद्यार्थी समस्यामा परेका छन । पछिल्लो समय कोरियामा उच्चशिक्षा सँगै रोजगारीका अवसर पाइने र आयआर्जन समेत राम्रो हुने भएकाले अनुमति पत्र लिन आउने विद्यार्थीको चाप बढ्दो छ ।

वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीलाई सरकारले स्नातक तहको एकेडेमीक कोर्षका लागि डी टु र ६ देखि एक वर्षसम्मको कोरियन भाषा अध्ययनका लागि डी फोरका लागि अध्ययन अनुमतिपत्र दिने गरेको छ । धेरैजसो विद्यार्थी आफ्नो अध्ययन भन्दा पनि रोजगारीमा केन्द्रित हुने गरेको र विश्वविद्यालयलाई प्राथमिकता नदिने गरेको पाइएको शिक्षा मन्त्रालयको भनाइ छ ।

कालो सूचीमा परेका विश्वविद्यालय र मापदण्ड नपुगेका शिक्षण संस्थामा भर्ना हुने तर अर्थोपार्जनमा जोड दिने र कतिपयले रोजगारी समेत नपाउँदा मानसिक तनावमा पर्ने जस्ता समस्या विद्यार्थीमा देखिएपछि मन्त्रालयले कोरिया अध्ययनका लागि अनुमति पत्रमा रोक लगाएको जनाएको छ ।

शिक्षा मन्त्रालयका अनुसार गत वर्ष उच्च शिक्षा अध्ययनका लागि १ लाख १० हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र लिएकोमा १० हजार ८६ जनाले कोरियामा अध्ययनका लागि अनुमति पत्र लिएका छन ।

उच्चशिक्षा अध्ययनका लागि विद्यार्थी विदेशीनु र धेरै समस्यामा पर्नु चिन्ताको विषय भएको भन्दै सरकारले कोरियामा उच्चशिक्षा अध्ययनलाई व्यवस्थित गर्न अनुमति पत्र रोक लगाएको सरकारको भनाइ छ । सरकारले स्नातकोत्तर र विद्यावारिधि अध्यनका लागि जाने विद्यार्थीको हकमा भने अनुमति पत्र रोकिएको छैन ।

कान्तिपुर समाचारका लागि क्यामेरामा विनोद कोजूका साथ नारायण किलम्बू काठमाडद् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]