०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

भोलिका लागि ३ हजार प्रहरी स्ट्याण्डबाई राखियाे

Logo
HeroNepal-tv प्रकाशित बुधबार, जेठ १५, २०८२

काठमाडौं ।  २०६५ सालयता वर्षेनि मनाइँदै आएको गणतन्त्र दिवसअन्तर्गत भोलिको (जेठ १५) अन्तर्गत यस वर्षको कार्यक्र मुरक्षा दृष्टिले उच्च सतर्कतायुक्त हुने भएको छ । भोलि नै एकातिर सत्तारुढ नेकपा (एमाले) ले गणतन्त्र उत्सव र राप्रपासहितका राजावादी समूहले ‘जनआन्दोलन’ कार्यक्रमको घोषणा गरेका कारण सुरक्षा रणनीति त्यहीअनुसार बनाइएको छ ।

बिहानै टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरिने औपचारिक कार्यक्रममा राष्ट्रपति, उपराष्ट्र, प्रधानमन्त्रीसहित संवैधानिक अंगका प्रमुख एवं विशिष्ट सरकारी व्यक्तिको उपस्थितिलाई सहज बनाउन बिहानै सुरक्षाकर्मी खटिने छन् । उक्त कार्यक्रमको चटारो सकिनासाथ अर्कोखाले सुरक्षा तैनाथीमा नेपाल प्रहरी जुट्दैछ ।

यी सबैखाले कार्यक्रमलाई लक्षित गर्दै प्रहरीले उपत्यकाभरका ३ हजार जनशक्तिलाई स्ट्याण्डबाई राखेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, जिल्ला सुरक्षा समितिले आज बेलुकीसम्म तयार पार्ने सुरक्षा योजनाबमोजिम कति र कस्तो जनशक्ति कहाँ तैनाथ गर्ने भन्ने कुराको टुंगो लाग्छ ।

तर, विशिष्ट व्यक्तिको आवतजावतलाई मध्यनजर गर्दै हालसम्म टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरिने गणतन्त्र दिवस समारोह र संसदमा बजेट भाषण प्रस्तुत गरिने नयाँ बानेश्वरस्थित संसद भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) को सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । हालसम्म ती दुई स्थानलाई प्रहरीले उच्च सतर्कतास्थल तय गरेको प्रवक्ता थापाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]