०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

१५ जेठमा सडक कब्जा गरेर एमालेले गणतन्त्र ‘जोगाइदिने’ रे !

Logo
HeroNepal-tv प्रकाशित सोमबार, जेठ १३, २०८२

काठमाडौं । राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा गरेका छन् । ठिक त्यसै दिन सत्तारुढ नेकपा एमालेले उनीहरूसँग कार्यक्रम जुधाउने योजना बनाएको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मनसाय नलुकाई पार्टी बैठकमा आइतबार यो कुरा राखे ।

उनले जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने तर्कमात्रै गरेनन् । उनले कार्यकर्तालाई सोही अनुसार आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।

उक्त दिन दिउँसो ११ बजेदेखि २ बजेसम्मको आन्दोलनमा हस्तक्षेप गर्नेगरी तयारी गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टी पंक्तिलाई निर्देशन गरे ।

उनले यसबारेमा पार्टीले आवश्यक निर्देशन विस्तृतमा पछि दिने भन्दै उनले काठमाडौंमा एमालेको नियन्त्रणमा हुनुपर्ने बताए । ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छाडिदिनुस्,’ ओलीले भने ।

साथै, उनले एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरूको भेलालाई आइतबार सम्बोधन गर्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

प्रशिक्षण सकिनासाथ १५ गतेका लागि तयारी थाल्न उनले कार्यकर्तालाई भनेका छन् ।

यो पनि पढ्नुहोसकार्यकर्तालाई ओलीको निर्देशन- १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ, तयारी थाल्नू
‘म साथीहरूलाई आग्रह गर्न चाहन्छु । निर्देशन पछि आउँछ । तपाईंहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुहोला । जतिबेलासम्म प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुस् । प्रशिक्षण सकिएपछि १५ गतेमा ध्यान दिनुस्,’ प्रधानमन्त्री ओलीले भने ।

सत्ता चलाइरहेका प्रधानमन्त्रीले जुनसुकै शान्तिपूर्ण विरोधका कार्यक्रमलाई सहने, हिंसात्मक र अराजक क्रियाकलापलाई राज्यप्रशासनले रोक्ने तर्क गर्नुपर्ने थियो । तर उनले सिधै आफ्ना कार्यकर्तालाई भिड्न उक्साउने गरी अभिव्यक्ति दिएका छन् ।
साथै, उनले आन्दोलनमा कुनै पनि प्रोटोकल लागू नहुने तर्क पनि गरे । ‘आन्दोलनमा यो प्रोटोकल स्रोटोकलको कुरा हुँदैन । यहाँ सभा गर्ने, बैठक गर्ने ठाउँमा पो यता र यता छ । आन्दोलनमा पनि यता र यता हुन्छ र ? सबै एकैतिर,’ ओलीले भनेका छन् ।

राजावादीहरू कुनै महान् उद्देश्यका लागि नलडेको बताउँदै उनले सरकार मौन भएको बेलालाई फाइदा लिएर उनीहरू अनावश्यक फूर्ति गरिरहेको दाबी गरे ।

‘यिनीहरू कुनै महान उद्देश्यका लागि लडिरहेका छैनन् । साना स्वार्थका लागि सरकार अलि मौन बसेको, जनता अलि मौन बसेको अवस्था हो । त्यो अवस्थाको फाइदा लिएर यिनिहरूले अनावश्यक फूर्तिफार्ति देखाएका छन्,’ प्रधानमन्त्री ओलीले भने ।

‘त्यसकारण हामीले आफूलाई बुझ्नुपर्‍यो । आफूलाई चिन्नुपर्‍यो । आफूलाई त्यस अनुसार तयार राख्नुपर्‍यो । निर्देशन पछि आउला, १५ गतेका लागि भोलि उठ्नेबित्तिकै १५ गतेको तयारी थाल्नुस् । १५ गते के के गर्नुपर्छ भन्ने पार्टीले भन्छ,’ ओलीले भनेका छन् ।

सत्ता चलाइरहेका प्रधानमन्त्रीले जुनसुकै शान्तिपूर्ण विरोधका कार्यक्रमहरूलाई सहने, हिंसात्मक र अराजक क्रियाकलापलाई राज्यप्रशासनले रोक्ने तर्क गर्नुपर्ने थियो । तर उनले सिधै आफ्ना कार्यकर्तालाई भिड्न उक्साउने गरी अभिव्यक्ति दिएका छन् ।

विश्लेषक सन्जीव पोखरेल भन्छन्- ‘राजावादीलाई जथाभावी छिर्के लगाएर होइन, आफ्ना कमजोरीलाई सुधारे मात्रै गणतन्त्रको पक्षमा काम गरेको ठहरिन्छ।’
राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतले ओलीको अभिव्यक्तिको विरोध गरेका छन् । उनले फेसबुकमा लेखेका छन्– जेठ १५ गते काठमाडौं नियन्त्रणमा लिनु कार्यकर्तालाई आह्वान गर्ने प्रम केपी ओलीको अभिव्यक्ति पदीय गरिमा र जिम्मेवारीविपरीत छ।संविधान र लोकतान्त्रिक मूल्य-मान्यताविपरीत छ। राजनीतिक दलहरू, मानव अधिकार आयोग र अन्तर्राष्ट्रिय समुदायले पक्कै पनि प्रमको यो अभिव्यक्ति ‘नोटिस’मा लिनेछन् ।

विश्लेषक सन्जीव पोखरेलले सत्ता चलाइरहेका जिम्मेवार नेताबाट आएको टिप्पणीलाईै गैरजिम्मेवार र आपत्तिजनक भनी टिप्पणी गरेका छन् ।

एमाले सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको प्रतिक्रियालाई उनले तर्कहीन र राजनीतिक संस्कारविपरीत भने । उनले प्रधानमन्त्रीबाट लोकतान्त्रिक मान्यताको खिलाफमा टिप्पणी आएको पनि बताए ।

‘राजावादीहरू आफैंमा बलिया तर्कहरूसहित सडकमा आइरहेका छैनन्, उनीहरूसँग कुनै ठोस र जनप्रिय एजेन्डा पनि छैन, तर राजनीतिक संस्कारमा विश्वास गर्ने पार्टीले अरुलाई सडकमा आउन दिन्न भन्न पाइँदैन,’ पोखरेलले भने, ‘खासमा कांग्रेस एमाले कसैले पनि राजा ल्याउने आन्दोलन किन वैचारिक रुपमा गलत र भ्रामक छ भनेर जनतामाझ बुझाएका छैनन्, किनकि उनीहरूसँग यति बेला आफ्ना अनेकौं शासकीय गल्तीका कारण नैतिक साहस उत्पन्न भएको छैन ।’

पोखरेलले शान्तिपूर्ण विरोध गर्ने विपक्षी चाहनाको सम्मान हुनुपर्नेमा उल्टै कार्यकर्ता लगेर भिडाउन खोज्ने प्रयासप्रति आपत्ति जनाए । ‘राजावादीलाई जथाभावी छिर्के लगाएर होइन, आफ्ना कमजोरीलाई सुधारे मात्रै गणतन्त्रको पक्षमा काम गरेको ठहरिन्छ,’ पोखरेलले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]