२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

  जसपा नेपालका अध्यक्ष एबं पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादव मलेसिया आउदै

Logo
HeroNepal-tv प्रकाशित सोमबार, जेठ १३, २०८२

क्वालालम्पुर ।  जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष एबं पुूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव मलेसिया आउने भएकाछन  ।

यहीँ मिति सन् २०२५ जुन ०१ तारिख आईतवारको दिन (Hotel Grand continental kulala Lumpur मा आयोजना हुन लागेको नेपाली समाज मलेसिया प्रवास समिति गठन तथा नेपालीसंग अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादव उपस्थित हुन लागेकाे कार्यक्रम आयोजक समितिका मलेसिया संयोजक बिनोद यादवले जानकारी दिएका छन ।

मलेसियालाई आफ्नो कर्मभूमि बनाएर विभिन्न क्षेत्रमा कार्यरत रहेका सम्पुर्ण नेपाली दाजुभाइ,दिदिबहिनी लगायत ज-जसले जनता समाजवादी पार्टी नेपालप्रति राजनीतिक झुकाव राख्नुहुन्छ ? वहाँहरु सबैजना उपस्थित हुन मिल्ने साथै राजनीतिमा नलागेका तर अध्यक्ष यादवसंग प्रत्येक्ष भेटघाट गर्न चाहने नेपाली हरु पनि उपस्थित हुन सकिने मलेसिया संयोजक यादवले जाकारी दिए ।

कार्यक्रममा अध्यक्ष यादवसंगै केन्द्रिय कार्यकारणी समिति सदस्य राजु गुप्ता, अन्तर्राष्ट्रिय सम्बन्ध बिभागका प्रमुख अर्जुन थापा र डा.निश्चलनाथ पाण्डे लगायतका नेताहरूको पनि उपस्थिति रहने छ ।

कार्यक्रममा नेपालबाट आमन्त्रित डान्सरहरु उषा , जोवाना र मायाले आफ्नो संागीतिक प्रस्तुति दिने तय भएको छ । कार्यक्रममा उपस्थित हुन चाहने नेपाली हरुले बिनोद कुमार यादवलाई मोबाईल नम्बर मा ह्वाट्सएपमार्फत पनि ‪+6012-3377943‬ सम्पर्क गर्न सकिने बताएकाछन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]