०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

  जसपा नेपालका अध्यक्ष एबं पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादव मलेसिया आउदै

Logo
HeroNepal-tv प्रकाशित सोमबार, जेठ १३, २०८२

क्वालालम्पुर ।  जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष एबं पुूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव मलेसिया आउने भएकाछन  ।

यहीँ मिति सन् २०२५ जुन ०१ तारिख आईतवारको दिन (Hotel Grand continental kulala Lumpur मा आयोजना हुन लागेको नेपाली समाज मलेसिया प्रवास समिति गठन तथा नेपालीसंग अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादव उपस्थित हुन लागेकाे कार्यक्रम आयोजक समितिका मलेसिया संयोजक बिनोद यादवले जानकारी दिएका छन ।

मलेसियालाई आफ्नो कर्मभूमि बनाएर विभिन्न क्षेत्रमा कार्यरत रहेका सम्पुर्ण नेपाली दाजुभाइ,दिदिबहिनी लगायत ज-जसले जनता समाजवादी पार्टी नेपालप्रति राजनीतिक झुकाव राख्नुहुन्छ ? वहाँहरु सबैजना उपस्थित हुन मिल्ने साथै राजनीतिमा नलागेका तर अध्यक्ष यादवसंग प्रत्येक्ष भेटघाट गर्न चाहने नेपाली हरु पनि उपस्थित हुन सकिने मलेसिया संयोजक यादवले जाकारी दिए ।

कार्यक्रममा अध्यक्ष यादवसंगै केन्द्रिय कार्यकारणी समिति सदस्य राजु गुप्ता, अन्तर्राष्ट्रिय सम्बन्ध बिभागका प्रमुख अर्जुन थापा र डा.निश्चलनाथ पाण्डे लगायतका नेताहरूको पनि उपस्थिति रहने छ ।

कार्यक्रममा नेपालबाट आमन्त्रित डान्सरहरु उषा , जोवाना र मायाले आफ्नो संागीतिक प्रस्तुति दिने तय भएको छ । कार्यक्रममा उपस्थित हुन चाहने नेपाली हरुले बिनोद कुमार यादवलाई मोबाईल नम्बर मा ह्वाट्सएपमार्फत पनि ‪+6012-3377943‬ सम्पर्क गर्न सकिने बताएकाछन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]