०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

कागबेनीको बाढी: २९ घरमा पूर्ण क्षति

Logo
HeroNepal-tv प्रकाशित सोमबार, साउन २९, २०८०

बाढी थुप्रिएकाले पठनपाठन सञ्चालन गर्न सक्ने अवस्था नरहेको जनशान्ति माविका शिक्षक मनविर किसानले बताए।

कागबेनीमा विद्युत् अवरुद्ध र खानेपानीको अभाव भएको छ। नदी कटान नियन्त्रण गर्न बनाइएको पक्की संरचना र ग्यावियन पर्खाल बाढीले बगाएको छ। प्रमुख जिल्ला अधिकारी अनुप केसीले बाढीले गरेको क्षतिको विवरण सङ्कलनका साथै घरवास गुमाएकालाई आफन्त कहाँ, गाउँपालिका कार्यालय र सामुदायिक भवनमा बसोबासको व्यवस्था मिलाइएको जानकारी दिए।

भवन बाढीले क्षति गरेपछि कागबेनी प्रहरी चौकीको कार्यालय वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको प्रशासकीय भवनमा सारिएको छ। गाउँपालिकाको र अर्को सामुदायिक भवनमा आफन्त कहाँ आश्रय लिन नसक्ने ५० जनालाई व्यवस्थापन गरिएको प्रजिअ केसीले बताए।

उनीहरूलाई खानेबस्ने व्यवस्था गाउँपालिकाले गरेको छ। साठीभन्दा बढी मजदुरलाई जोमसोममा घरपझोङ गाउँपालिकाले खाने बस्ने व्यवस्था मिलाएर राखेको छ। बस्तीभित्र बाढी पसेर घरहरू हिलाम्मे भएका छन्। बाढीले नभत्काएका घरभित्र पसेको बाढी फालेर सफा गर्नुपर्ने छ।

जोमसोमबाट गएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भत्किएका र जोखिममा रहेका घरका सामान निकालेर सुरक्षित ठाउँमा लैजान सहयोग गरेका छन्। नेपाली सेनाले काठको अस्थायी पुल हालेर उपल्लो पैदल हिँडेर खोला वारपार गर्ने व्यवस्था मिलाएको छ।

जोमसोम–कागबेनी सडक अन्तर्गत पाण्डाखोलामा आएको बाढीले उद्धार र राहत व्यवस्थापनमा चुनौती सिर्जना गरेको छ। गाउँपालिकाका अध्यक्ष गुरुङले राहत वितरणलाई एकद्वार प्रणाली लागू गर्न मङ्गलबारको विपद् व्यवस्थापन समितिको बैठकमा प्रस्ताव गर्ने बताए। मुस्ताङमा शनिबार र आइतबार लगातार पानी परेको थियो।

  • स्थानीयवासीका अनुसार यसअघिको वर्ष मुस्ताङमा यसपालि जस्तो धेरै र ठूलो वर्षा भएको थिएन। बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]