२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

जुन दिन हामीले इमान छाड्छौं त्यो दिन पार्टीको सदस्यता च्यातेर समुद्रमा फ्याक्दिनुहोला-रबि लामिछाने

Logo
दिनेश खड्का'खप्तडि' प्रकाशित आइतबार, मंसिर १७, २०८०

मलेसिया।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने  अरु पुराना पार्टीहरु भन्दा आफ्नो रास्वपा पार्टी फरक रहेको दाबि गरेका छन्।

तीनदिने भ्रमणको लागि मलेसिया आईपुगेका लामिछानेले आईतबार मलेसिया क्वालालम्पुर स्थित होटल ग्राण्डकन्टिनेन्टलमा आयोजित अन्र्यतरक्रियालाई सम्बोधन गर्दै मेरो दलले कुनै बाटो बिराउन्छ भने मलाई मलेसियामा प्रवेश निषेध गरिदिनु होला,यति बाटो बिराएछ भने मलाई मलेसियामा प्रवेश निषेध गर्नुहोला । एयरपोर्टमा रोक्नुहोला ।जुन दिन हामीले इमान छाड्छौं त्यो दिन पार्टीको सदस्यता च्यातेर समुद्रमा फ्याक्दिनुहोला ।

रास्वपा सभापति लामिछानेले भने हिजो सुरुवातका दिनमा थोरै साथीहरु बसेर विधानलाई लिपिबद्ध गरेका हौं । यसमा सबै कुरा समेट्न गाह्रो थियो । अब टीमलाई फराकिलो बनाएर कामको बाँडफाँट गरेर लानुपर्नेछ ।

उनले थपे तपाईंहरुले विश्वास गरेको हाम्रो पार्टीका कुनै नेताले घात गरेछन् भने म ४८ घन्टा वा २४ घन्टा होइन, १२ घन्टा पनि पर्खिन सक्दिनँ । १ घन्टाभित्र कारबाही गर्छु ।

यस्तै देशमा योग्य क्षमतावान व्यक्ति धेरै छन् । आज नेपालको सदन सदन जस्तो भएको छ । बाँकि अरु दलका सांसद तराजुको एउटा साइडमा र रास्वपाका २१ सांसदलाई अर्को साइडमा राखेर हेर्नुस् । भारी को छ आफैं जोख्नुस् । हामि २१ जनाले सांसदको गरिमा जोगाएका छौं । हामी अर्को राजनीतिको सटर पसल थाप्न आएका होइनौं । अब हुने ८४ को निर्वाचनमा यहाँ रहेका नेपाली समुदायहरुले आफ्नो मताधिकार सुनिश्चित गर्नमा सरकारमाथि शंका रहेको उनले बताए। लामिछानेले भने सके सम्म हामि यहाबाटै मत हाल्ने व्यवस्था हुन्छ त्यो नभएपनि आफै स्वदेशमा गएर भोट हाल्ने वातावरण हामि सिर्जना गर्छौँ । तपाई हरु छुटिएको लागि आजै बाट तयार रहनको लागि आग्रह गरेका छन्।

उनले मलेसिया भ्रमण रास्वपाको पहिलो औपचारिक विदेश भ्रमण भएकोले यसलाई रास्वपाको इतिहासमा दर्ज गर्ने बताए।उनले भने आजको दिनलाई इतिहासमा दर्ज गरेर राख्ने छौँ ।

यसैगरी सोमबार भोलि नेपाली राजदूतावास र मलेसियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम तय गरिएको रास्वपा प्रवास नेपाली सम्पर्क विभाग मलेसियाका संयोजक नेत्र केसिले बताए। लामिछाने मलेसियाका बिभिन्न कार्यक्रममा सहभागी भएर मंसिर १९ गते स्वदेश फिर्ता हुने कार्यतालिका रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]

मलेसिया – गैर आवासीय नेपाली संघ (NRNA) राज्य समिति मलकाले मलेसियास्थित नेपाली राजदूतावाससँगको सहकार्यमा १४ डिसेम्बर २०२५ मा मलका राज्यमा कन्सुलर सेवा सञ्चालन गर्ने उद्देश्यले गत नोभेम्बर ६ मा प्रारम्भिक सूचना जारी गरेको थियो । उक्त सूचनामार्फत नयाँ पासपोर्ट बनाउन वा पुरानो पासपोर्ट नवीकरण गर्नुपर्ने नेपालीहरूलाई अग्रिम सम्पर्कमा आई नाम दर्ता गर्न अनुरोध गरिएको थियो […]