२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

जुन दिन हामीले इमान छाड्छौं त्यो दिन पार्टीको सदस्यता च्यातेर समुद्रमा फ्याक्दिनुहोला-रबि लामिछाने

Logo
दिनेश खड्का'खप्तडि' प्रकाशित आइतबार, मंसिर १७, २०८०

मलेसिया।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने  अरु पुराना पार्टीहरु भन्दा आफ्नो रास्वपा पार्टी फरक रहेको दाबि गरेका छन्।

तीनदिने भ्रमणको लागि मलेसिया आईपुगेका लामिछानेले आईतबार मलेसिया क्वालालम्पुर स्थित होटल ग्राण्डकन्टिनेन्टलमा आयोजित अन्र्यतरक्रियालाई सम्बोधन गर्दै मेरो दलले कुनै बाटो बिराउन्छ भने मलाई मलेसियामा प्रवेश निषेध गरिदिनु होला,यति बाटो बिराएछ भने मलाई मलेसियामा प्रवेश निषेध गर्नुहोला । एयरपोर्टमा रोक्नुहोला ।जुन दिन हामीले इमान छाड्छौं त्यो दिन पार्टीको सदस्यता च्यातेर समुद्रमा फ्याक्दिनुहोला ।

रास्वपा सभापति लामिछानेले भने हिजो सुरुवातका दिनमा थोरै साथीहरु बसेर विधानलाई लिपिबद्ध गरेका हौं । यसमा सबै कुरा समेट्न गाह्रो थियो । अब टीमलाई फराकिलो बनाएर कामको बाँडफाँट गरेर लानुपर्नेछ ।

उनले थपे तपाईंहरुले विश्वास गरेको हाम्रो पार्टीका कुनै नेताले घात गरेछन् भने म ४८ घन्टा वा २४ घन्टा होइन, १२ घन्टा पनि पर्खिन सक्दिनँ । १ घन्टाभित्र कारबाही गर्छु ।

यस्तै देशमा योग्य क्षमतावान व्यक्ति धेरै छन् । आज नेपालको सदन सदन जस्तो भएको छ । बाँकि अरु दलका सांसद तराजुको एउटा साइडमा र रास्वपाका २१ सांसदलाई अर्को साइडमा राखेर हेर्नुस् । भारी को छ आफैं जोख्नुस् । हामि २१ जनाले सांसदको गरिमा जोगाएका छौं । हामी अर्को राजनीतिको सटर पसल थाप्न आएका होइनौं । अब हुने ८४ को निर्वाचनमा यहाँ रहेका नेपाली समुदायहरुले आफ्नो मताधिकार सुनिश्चित गर्नमा सरकारमाथि शंका रहेको उनले बताए। लामिछानेले भने सके सम्म हामि यहाबाटै मत हाल्ने व्यवस्था हुन्छ त्यो नभएपनि आफै स्वदेशमा गएर भोट हाल्ने वातावरण हामि सिर्जना गर्छौँ । तपाई हरु छुटिएको लागि आजै बाट तयार रहनको लागि आग्रह गरेका छन्।

उनले मलेसिया भ्रमण रास्वपाको पहिलो औपचारिक विदेश भ्रमण भएकोले यसलाई रास्वपाको इतिहासमा दर्ज गर्ने बताए।उनले भने आजको दिनलाई इतिहासमा दर्ज गरेर राख्ने छौँ ।

यसैगरी सोमबार भोलि नेपाली राजदूतावास र मलेसियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम तय गरिएको रास्वपा प्रवास नेपाली सम्पर्क विभाग मलेसियाका संयोजक नेत्र केसिले बताए। लामिछाने मलेसियाका बिभिन्न कार्यक्रममा सहभागी भएर मंसिर १९ गते स्वदेश फिर्ता हुने कार्यतालिका रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]

काठमाडौं । नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले सात पृष्ठ लामो ‘टर्म्स अफ रेफरेन्स : एम्बेसडर अफ नेपाल’ जारी गर्दै चीन, अमेरिका र भारतलगायत १३ वटा देशका लागि योग्य र दक्ष नेपाली नागरिकबाट खुला आवेदन मागेको हो। इच्छुक उम्मेदवारहरूले आगामी २०८३ जेठ २२ गतेभित्र […]

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न नसकेको ठहर गर्दै ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक तथा पूर्वगृहमन्त्री सुधन गुरुङमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ। शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै प्रशासनबाट अनुमति लिइएको भए पनि प्रदर्शन क्रमशः हिंसात्मक बन्दै जाँदा गुरुङलगायत आयोजकहरूले त्यसलाई नियन्त्रण गर्न नसकेको आयोगले […]