२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

रास्वपा सभापति लामिछाने तिनदिने भ्रमणको लागि आईपुगे मलेसिया, यस्ता छन् कार्यक्रम

Logo
दिनेश खड्का'खप्तडि' प्रकाशित आइतबार, मंसिर १७, २०८०

मलेसिया। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री माननीय रवि लामिछाने तीनदिने भ्रमणको लागि मलेसिया आईपुगेका छन्।

भ्रमणमा रास्वपा सभापति लामिछाने सँगै सह महामन्त्री कविन्द्र बुर्लाकोटी र सह कोषाध्यक्ष दीपक बोहोरा पनि रहेका छन् ।
आज आईतबार मलेसिया आईपुगेका लामिछानेलाई नेपाली राजदुतावासका उपनियोग प्रमुख मुदिता बज्राचार्य र द्वितीय सचिव प्रेम बहादुर बुढाथापा, जनसम्पर्क अधिकृत टेक बहादुर बुढा र रास्वपा प्रवास नेपाली सम्पर्क विभाग मलेसियाका संयोजक नेत्र केसी लगायतले मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

नेपाली दुतावासका उपनियोग प्रमुख मुदिता बज्राचार्य र द्वितीय सचिव प्रेम बहादुर बुढाथापा स्वागत गर्दै

नेपाली राजदूतावासका उपनियोग प्रमुख मुदिता बज्राचार्य र द्वितीय सचिव प्रेम बहादुर बुढाथापा स्वागत गर्दै

रास्वपा प्रवास नेपाली सम्पर्क विभाग मलेसियाका संयोजक नेत्र केसिका अनुसार आज मलेसियाको क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा नेपाली हरु सँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको बताए ।

रास्वपा प्रवास नेपाली सम्पर्क विभाग मलेसियाका संयोजक नेत्र केसि लगायत स्वागत गर्दै

यसैगरी सोमबार भोलि नेपाली राजदूतावास र मलेसियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम तय गरिएको संयोजक केसिले बताए। लामिछाने मलेसियाका बिभिन्न कार्यक्रममा सहभागी भएर मंसिर १९ गते स्वदेश फिर्ता हुने कार्यतालिका रहेको छ।

फोटो: कृष्ण गुप्ता 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]