०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

रास्वपा सभापति लामिछाने तिनदिने भ्रमणको लागि आईपुगे मलेसिया, यस्ता छन् कार्यक्रम

Logo
दिनेश खड्का'खप्तडि' प्रकाशित आइतबार, मंसिर १७, २०८०

मलेसिया। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री माननीय रवि लामिछाने तीनदिने भ्रमणको लागि मलेसिया आईपुगेका छन्।

भ्रमणमा रास्वपा सभापति लामिछाने सँगै सह महामन्त्री कविन्द्र बुर्लाकोटी र सह कोषाध्यक्ष दीपक बोहोरा पनि रहेका छन् ।
आज आईतबार मलेसिया आईपुगेका लामिछानेलाई नेपाली राजदुतावासका उपनियोग प्रमुख मुदिता बज्राचार्य र द्वितीय सचिव प्रेम बहादुर बुढाथापा, जनसम्पर्क अधिकृत टेक बहादुर बुढा र रास्वपा प्रवास नेपाली सम्पर्क विभाग मलेसियाका संयोजक नेत्र केसी लगायतले मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

नेपाली दुतावासका उपनियोग प्रमुख मुदिता बज्राचार्य र द्वितीय सचिव प्रेम बहादुर बुढाथापा स्वागत गर्दै

नेपाली राजदूतावासका उपनियोग प्रमुख मुदिता बज्राचार्य र द्वितीय सचिव प्रेम बहादुर बुढाथापा स्वागत गर्दै

रास्वपा प्रवास नेपाली सम्पर्क विभाग मलेसियाका संयोजक नेत्र केसिका अनुसार आज मलेसियाको क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा नेपाली हरु सँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको बताए ।

रास्वपा प्रवास नेपाली सम्पर्क विभाग मलेसियाका संयोजक नेत्र केसि लगायत स्वागत गर्दै

यसैगरी सोमबार भोलि नेपाली राजदूतावास र मलेसियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम तय गरिएको संयोजक केसिले बताए। लामिछाने मलेसियाका बिभिन्न कार्यक्रममा सहभागी भएर मंसिर १९ गते स्वदेश फिर्ता हुने कार्यतालिका रहेको छ।

फोटो: कृष्ण गुप्ता 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]