०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

४ हजार २२५ शिक्षककाे पद रिक्त रहेको विवरण सार्वजनिक ।

Logo
HeroNepal-tv प्रकाशित बुधबार, मंसिर ०६, २०८०

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाले ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक गरेको छ ।

शाखाले सार्वजनिक गरेको विवरण अनुसार माध्यमिक तहमा ४०२, निम्न माध्यमिक तहमा ७४४ र प्राथमिक तहमा ३ हजार १७९ शिक्षक पद रिक्त रहेका छन् ।

शाखाले प्राप्त गरेको २०८० बैशाखदेखि २०८० चैत मसान्तसम्म रिक्त भएको वा हुने मावि, निमावि र प्रावि तहको विवरण शिक्षा विकास तथा समन्वय इकाइलाई रिक्त विवरण एकिन गर्न अनुरोध गरेको छ ।

शाखाले बुधबार सूचना जारी गर्दै भनेको छ ‘शिक्षक सेवा आयोग मार्फत विज्ञापनको लागि प्राप्त भएको विवरण संशोधन गर्नुपर्ने भए कारण सहित सूचना प्रकाशित भएको मितिले सात दिनभित्र पठाइदिन अनुरोध छ ।’

साथै रिक्त शिक्षक विवरण पठाउन बाँकी रहेका जिल्लाहरुलाई पनि आगामी बुधबारभित्र पठाउन निर्देशन दिएको छ । तोकिएको समयभित्र संशोधित विवरण नआए सोही विवरण विज्ञापनको लागि शिक्षक सेवा आयोग पठाउने समेत शाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]