२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

चितवनमा हुने पहिलाे कृषि वैज्ञानिक सम्मेलन (प्रथम ग्य्राजुयट सम्मेलन) काे पुरा तयारी

Logo
कृष्ण गुप्ता प्रकाशित बुधबार, मंसिर ०६, २०८०

चितवन । चितवन जिल्लाकाे रामपुरमा भोलिदेखि हुन लागेको स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको सम्मेलनको तयारी पुरा भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हाे ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय नेपालकाे पहिलाे प्राविधिक विश्वविद्यालय हाे । विश्वविद्यालयका अनुसन्धानका उपलब्धिहरुलाई प्राज्ञिक एवं सराेकारवाला समुदायहरुमा सुसुचित गरि अन्तरक्रिया गर्ने उद्देश्यका साथ विश्वविद्यालयकाे अनुसन्धान तथा प्रचार निर्देशनालयले फस्ट ग्राजुएट कन्फ्रेन्स यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म चितवनकाे रामपुरमा आयाेजना गरेकाे छ ।

सम्मलेनका संयोजक डा.ऋषिराम कट्टेलले कृषि विश्वविद्यालयका अनुसन्धानका उपलब्धिहरुलाई प्राज्ञिक एवं सरोकारवाला समुदायहरुमा सूसुचित गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको जानकारी दिनु भयाे । कट्टेल भन्नुहुन्छ, “शिक्षा तथा अनुसन्धानद्वारा कृषिमा रुपान्तरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हाे ।”

सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरुद्वारा कृषि, वन, पशुपालन, भेटेरिनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धानमा कार्यपत्र प्रस्तुत गरिने छ । साथै जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापनसम्बन्धी विशेष कार्यपत्रहरु प्रस्तुत गरिने छ ।

कार्यक्रममा नेदरल्यान्ड, जापान, ताइवान लगायत भारतका १० वैज्ञानिकसहित ३०० भन्दा बढीको सहभागिता रहने कार्यक्रम संयोजक कट्टेलले बताउनु भयाे । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा विद्यार्थी आयोजकका रुपमा रहनेछन् ।

सम्मेलनमा उत्कृष्ट कार्यपत्रलाई पुरस्कारको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयाे । सम्मेलनमा ३०० काे हाराहारीमा सहभागिता रहने बताइएको छ ।

सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री, वनमन्त्री, कृषिमन्त्री, शिक्षामन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, अन्य विश्वविद्यालयका उपकुलपति लगायतको उपस्थिति रहने छ । साथै कृषि विश्वविद्यालयका पूर्वउपकुलपति, रजिष्ट्रार र पदाधिकारीहरुको उपस्थिति रहने बताइएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]