२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

आरती लामाले ‘श्रद्धेय अध्यक्षज्यू’ भनेपछि रिसाउँदै जुरुक्क उठेका थिए माधव नेपाल

Logo
HeroNepal-tv प्रकाशित आइतबार, फाल्गुण ११, २०८१

नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधव नेपाल र केन्द्रीय सदस्य आरती लामाबीच मञ्चमै भनाभन भएको छ । प्रशासनिक प्रशिक्षण केन्द्र, जावलाखेलमा जारी दोस्रो केन्द्रीय कमिटी बैठकमा आफ्नो बोल्ने पालो आउँदा अन्तर पार्टी निर्देशन (अपानि) का आधारमा आफू अध्यक्ष रहेको अनेरास्ववियूको जिम्मेवारीबाट मुक्त गरिएको प्रति आरतीले आक्रोश व्यक्त गरेकी थिइन् ।

उनले भनिन्, ‘मेरो प्रश्न छ, श्रद्धेय अध्यक्ष कमरेड, यो कस्तो विधि हो ?’ आरतीले यसो भन्नासाथ ‘तपाईं चूप लाग्नुस्’ भन्दै अध्यक्ष नेपाल बसिरहेको ठाउँबाट जुरुक्क उठे । उनी उठ्ना साथ आरतीको छेउमै रहेका महासचिव घनश्याम भूसाल नेपालतिर गएर उनलाई थुम्थुम्याउन थाले । तर, माधव आरतीको छेउमै गएर उनको प्रतिकार गर्न तम्सिरहेका थिए ।

भुसालसहित मञ्चमा रहेका अन्य पदाधिकारीले नेपाललाई रोके । नेपालले ‘चूप लाग्नुस्, चूप लाग्नुस्’ भनिरहे । आरतीले भनिरहिन्, ‘मैले बोल्न पाउनु पर्छ ।’ लामाले आफू पार्टी नेतृत्वको निरंकुशताको शिकार भएको र यो बैठकले उपयुक्त निर्णयसहित आफूलाई न्याय दिनुपर्ने कुरा उठाएका थिइन् ।

images
‘हामीले विधिका कुरा गरेका थियौं, त्यसैका लागि विद्रोह गरेका थियौं’, लामाले भनिन्, ‘आज विधि कहाँ गयो? के यही हो विद्रोहको औचित्य ?’ अध्यक्ष नेपाललाई अन्य पदाधिकारीले थुम्थुम्याउँदा पनि उनी फेरि उठेर प्रतिकार गर्न तम्सिएपछि महासचिव भुसालले लामालाई ईशारा गर्दै मञ्चबाट बाहिरिन आग्रह गरे । लामा चाहिँ ‘मैले बोल्न पाउनै पर्छ’ भन्दै मञ्चबाट बाहिरिएकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]