२८ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

ओलीको आलोचना गर्ने एमाले नेता पूर्व कोशी प्रदेश सांसद कार्की पनि निलम्बित

Logo
HeroNepal-tv प्रकाशित बुधबार, माघ ०२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि सामाजिक सञ्जालमा प्रश्न उठाएपछि एमाले नेता तथा पूर्व कोशी प्रदेश सांसद बिमल कार्कीलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ । एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारीका अनुसार कार्कीमाथि निलम्बन गर्ने निर्णय प्रदेश कमिटी बैठकले अनुमोदन गरेको हो ।

राजनीतिक गतिविधि र पार्टीको नीति विपरीत सामाजिक सञ्जालमा टिप्पणी गरेको आरोपमा कार्कीलाई मंसिर १६ मा स्पष्टीकरण मागिएको थियो । ‘तपाईँको नामको फेसबुक आइडीबाट पार्टी नेतृत्वविरुद्ध लगातार अभिव्यक्ति आइरहेको छ । त्यो फेसबुक आइडी तपाईँको हो कि होइन, हो भने तपाईँलाई किन कारबाही नगर्ने’ भन्दै एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले कार्कीलाई स्पष्टीकरण सोधेका थिए ।

तर कार्कीले तीन दिनको समय सीमा घर्केपछि मात्रै स्पष्टीकरण बुझाएका थिए । उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै प्रदेश कमिटीले कार्कीमाथि कारबाही गरेको हो । कोशी प्रदेश कमिटीको सचिवालय बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो, जसलाई पुस २७ र २८ मा बसेको प्रदेश कमिटी बैठकले अनुमोदन गर्‍यो ।

बिमल कार्की, जो २०७४ को निर्वाचनमा उदयपुर क्षेत्र नम्बर १ (ख)बाट प्रदेश सांसद निर्वाचित भएका थिए, वर्तमानमा प्रदेश कमिटी सल्लाहकार र राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्यका रूपमा रहेका छन् ।

यसअघि पनि एमालेका नेताहरूले आलोचनात्मक टिप्पणी गर्दा कारबाही भोगेका थिए । व्यापारी मीनबहादुर गुरूङले एमाले पार्टी कार्यालयका लागि जग्गा र भवन उपलब्ध गराएको विषयमा प्रश्न उठाएपछि नेता भीम रावल पार्टीबाट निष्कासनमा परेका थिए । नेतृ विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई पनि समान कारणमा ६ महिनाका लागि निलम्बन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया !  मलेसियामा रहेका लिम्बू समुदायले आफ्नो मौलिक सांस्कृतिक चाड चासोक तङनाम यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङ क्षेत्रीय समिति, जोहोरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित १४ डिसेम्बर २०२५ (आइतबार) मा भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम जोहोर बारुस्थित JO Hotel मा आयोजना हुने छ। समितिका अध्यक्ष हेमराज लिम्बूका अनुसार मलेसियामा काम तथा बसोबास गर्ने लिम्बू […]

 मलेसिया – मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका एक नेपाली सुरक्षागार्डलाई विरालामाथि क्रुर र अशोभनीय व्यवहार गरेको आरोपमा सेशन्स अदालतले आरएम ४० हजार जरिवाना तिर्न आदेश दिएको छ। जरिवाना तिर्न नसकेमा उनलाई १५ महिनासम्म जेल सजाय हुने निर्णय गरिएको छ। ३३ वर्षीय अर्मान शाहले बुधबार अदालतमा उपस्थित भई आफू दोषी ठहरेको स्वीकार गरेपछि न्यायाधीश नोर […]

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]