०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

ओलीको आलोचना गर्ने एमाले नेता पूर्व कोशी प्रदेश सांसद कार्की पनि निलम्बित

Logo
HeroNepal-tv प्रकाशित बुधबार, माघ ०२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि सामाजिक सञ्जालमा प्रश्न उठाएपछि एमाले नेता तथा पूर्व कोशी प्रदेश सांसद बिमल कार्कीलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ । एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारीका अनुसार कार्कीमाथि निलम्बन गर्ने निर्णय प्रदेश कमिटी बैठकले अनुमोदन गरेको हो ।

राजनीतिक गतिविधि र पार्टीको नीति विपरीत सामाजिक सञ्जालमा टिप्पणी गरेको आरोपमा कार्कीलाई मंसिर १६ मा स्पष्टीकरण मागिएको थियो । ‘तपाईँको नामको फेसबुक आइडीबाट पार्टी नेतृत्वविरुद्ध लगातार अभिव्यक्ति आइरहेको छ । त्यो फेसबुक आइडी तपाईँको हो कि होइन, हो भने तपाईँलाई किन कारबाही नगर्ने’ भन्दै एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले कार्कीलाई स्पष्टीकरण सोधेका थिए ।

तर कार्कीले तीन दिनको समय सीमा घर्केपछि मात्रै स्पष्टीकरण बुझाएका थिए । उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै प्रदेश कमिटीले कार्कीमाथि कारबाही गरेको हो । कोशी प्रदेश कमिटीको सचिवालय बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो, जसलाई पुस २७ र २८ मा बसेको प्रदेश कमिटी बैठकले अनुमोदन गर्‍यो ।

बिमल कार्की, जो २०७४ को निर्वाचनमा उदयपुर क्षेत्र नम्बर १ (ख)बाट प्रदेश सांसद निर्वाचित भएका थिए, वर्तमानमा प्रदेश कमिटी सल्लाहकार र राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्यका रूपमा रहेका छन् ।

यसअघि पनि एमालेका नेताहरूले आलोचनात्मक टिप्पणी गर्दा कारबाही भोगेका थिए । व्यापारी मीनबहादुर गुरूङले एमाले पार्टी कार्यालयका लागि जग्गा र भवन उपलब्ध गराएको विषयमा प्रश्न उठाएपछि नेता भीम रावल पार्टीबाट निष्कासनमा परेका थिए । नेतृ विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई पनि समान कारणमा ६ महिनाका लागि निलम्बन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]