०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

ठाटिकाँध कृषि तथा पशुपालन सहकारीकाे वार्षिक साधारण सभा सम्पन्न

Logo
Manoj DC प्रकाशित बिहिबार, पुष ११, २०८१

सुर्खेत ।   दैलेखको ठाटिकाँध गाउँपालिकामा रहेको श्री ठाटिकाँध कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

जिल्लाकै एक नमुना सहकारीको रुपमा रहेको उक्त सहकारी संस्थाले कृषि क्षेत्रमा स्थानियबासीलाई व्यवसायि बनाउने उद्धेश्यका साथ स्थापना काल देखी नै ठाटिकाँध गाउँपालिकाको सबै वडाहरुमा कार्यक्षेत्र बनाउदै उल्लेखनिय काम गर्दै आइरहेको देखिन्छ ।

गाउँपालिका क्षेत्रका दलित ,महिला,विपन्न,जनजातिहरु र पहुँचरहित किसानहरुको हकहितमा काम गर्दै हरेक वडाहरुमा विभिन्न उपसमितिहरु रहेको सहकारीले स्थापनाको चौथो वर्षमा समेत आशाा लाग्दो उपलव्धी हासिँल गरिरहेकाेछ ।

सहकारीको चौथो वार्षिक साधारणसभाको अवसरमा आर्थिक,सांगठनिक लगाएत विभिन्न प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दिपक कुमार रावलले सहकारीलाई सक्षम र प्रभावकारी बनाउँदै राज्यले अबलम्बन गरेको तिनखम्बे अर्थनितिमा आधारित विभिन्न गतिविधिबाट गरिब विपन्नहरुको जीवनस्तर माथी उठाउन सबै कसरत गरिनेमा जोड दिनुभयो छ ।

सहकारी संस्थाको उक्त वार्षिक साधारण सभाको अवसरमा बोल्दै ठाटिकाँध गाउँपालिका उपाध्यक्ष देवीराम बडुवालले सहकारीका माध्यमबाट समग्र गाउँपालिकाका किसानहरुको जीवनस्तर माथी उठाउका लागि आफुले सबैको हातेमालोमा जोड दिने बताउनुभयो ।

उक्त सहकारी संस्थाको चौथो वार्षिक साधारणसभालाई उद्धघाटन गर्दै कर्णाली प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रि बिनोद कुमार शाहले सहकारी खोलेर सेयर सदस्यहरु बढाउनुमात्र ठुलो कुरा नभएको स्पस्ट पार्दै संस्थाले देखिने उपलव्धी र त्यसबाट ग्रामिणस्तरका जनताको जीवनस्तर माथी उठाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

वार्षिक साधारण सभाको अवसरमा सहकारी संस्था संग समन्वय गरि संस्था स्थापना कालदेखि हाल सम्म आर्थिक सहयाेग गर्ने जिज्ला कृर्षि बिकास कार्यालय दैलेख,जिल्ला पसु अस्पताल तथा पसु सेवा कार्यालय दैलेख,ठाटिकाँध गाँउपालीका कार्यालय दैलेख ,कृर्षि क्षेत्र बिकास कार्यक्रम ASDP, साेसेक नेपाल दैलेखका साथै उत्कृष्ट मासिक बचत सेयर सदस्य, उत्कृष्ट दैनिक बचत सेयर सदस्य र संस्थाकाे मुद्वती खातामा उत्कृष्ट बचत गर्ने सेयर सदस्य उषा कुमारि शाहिलाई समेत संस्थाले प्रमाण पत्र सहित सम्मान गरेकाे छ ।

सहकारीमा हालसम्म ६०६ जना सेयर सदस्यहरु रहेका छन भने १३ जनाको कार्यसमिति सहित लेखा, ऋण लगाएत विभिन्न समितिहरु रहेका छन । वार्षिक साधारण सभाको बन्द शत्रबाट सहकारीको नयाँ कार्यसमिति समेत चयन गरिने सहकारी संस्थाका अध्यक्ष  दिपक कुमार रावलले हिराेनेपाल टि.भि लाई जानकारि दिनु भएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]