०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

ठाटिकाँध कृषि तथा पशुपालन सहकारीकाे वार्षिक साधारण सभा सम्पन्न

Logo
Manoj DC प्रकाशित बिहिबार, पुष ११, २०८१

सुर्खेत ।   दैलेखको ठाटिकाँध गाउँपालिकामा रहेको श्री ठाटिकाँध कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

जिल्लाकै एक नमुना सहकारीको रुपमा रहेको उक्त सहकारी संस्थाले कृषि क्षेत्रमा स्थानियबासीलाई व्यवसायि बनाउने उद्धेश्यका साथ स्थापना काल देखी नै ठाटिकाँध गाउँपालिकाको सबै वडाहरुमा कार्यक्षेत्र बनाउदै उल्लेखनिय काम गर्दै आइरहेको देखिन्छ ।

गाउँपालिका क्षेत्रका दलित ,महिला,विपन्न,जनजातिहरु र पहुँचरहित किसानहरुको हकहितमा काम गर्दै हरेक वडाहरुमा विभिन्न उपसमितिहरु रहेको सहकारीले स्थापनाको चौथो वर्षमा समेत आशाा लाग्दो उपलव्धी हासिँल गरिरहेकाेछ ।

सहकारीको चौथो वार्षिक साधारणसभाको अवसरमा आर्थिक,सांगठनिक लगाएत विभिन्न प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दिपक कुमार रावलले सहकारीलाई सक्षम र प्रभावकारी बनाउँदै राज्यले अबलम्बन गरेको तिनखम्बे अर्थनितिमा आधारित विभिन्न गतिविधिबाट गरिब विपन्नहरुको जीवनस्तर माथी उठाउन सबै कसरत गरिनेमा जोड दिनुभयो छ ।

सहकारी संस्थाको उक्त वार्षिक साधारण सभाको अवसरमा बोल्दै ठाटिकाँध गाउँपालिका उपाध्यक्ष देवीराम बडुवालले सहकारीका माध्यमबाट समग्र गाउँपालिकाका किसानहरुको जीवनस्तर माथी उठाउका लागि आफुले सबैको हातेमालोमा जोड दिने बताउनुभयो ।

उक्त सहकारी संस्थाको चौथो वार्षिक साधारणसभालाई उद्धघाटन गर्दै कर्णाली प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रि बिनोद कुमार शाहले सहकारी खोलेर सेयर सदस्यहरु बढाउनुमात्र ठुलो कुरा नभएको स्पस्ट पार्दै संस्थाले देखिने उपलव्धी र त्यसबाट ग्रामिणस्तरका जनताको जीवनस्तर माथी उठाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

वार्षिक साधारण सभाको अवसरमा सहकारी संस्था संग समन्वय गरि संस्था स्थापना कालदेखि हाल सम्म आर्थिक सहयाेग गर्ने जिज्ला कृर्षि बिकास कार्यालय दैलेख,जिल्ला पसु अस्पताल तथा पसु सेवा कार्यालय दैलेख,ठाटिकाँध गाँउपालीका कार्यालय दैलेख ,कृर्षि क्षेत्र बिकास कार्यक्रम ASDP, साेसेक नेपाल दैलेखका साथै उत्कृष्ट मासिक बचत सेयर सदस्य, उत्कृष्ट दैनिक बचत सेयर सदस्य र संस्थाकाे मुद्वती खातामा उत्कृष्ट बचत गर्ने सेयर सदस्य उषा कुमारि शाहिलाई समेत संस्थाले प्रमाण पत्र सहित सम्मान गरेकाे छ ।

सहकारीमा हालसम्म ६०६ जना सेयर सदस्यहरु रहेका छन भने १३ जनाको कार्यसमिति सहित लेखा, ऋण लगाएत विभिन्न समितिहरु रहेका छन । वार्षिक साधारण सभाको बन्द शत्रबाट सहकारीको नयाँ कार्यसमिति समेत चयन गरिने सहकारी संस्थाका अध्यक्ष  दिपक कुमार रावलले हिराेनेपाल टि.भि लाई जानकारि दिनु भएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]