०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

रविको हिरासतको फोटोबारे के हाेत बास्तविक्ता ?

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, पुष ०४, २०८१

पोखरा- सामाजिक सञ्जाल बिहीबार विहानैदेखि एउटा तस्बिरले गर्माएको छ । धेरैले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

विस्तारामा टोपी लगाएका एक जना व्यक्ति सुतेका छन् । टेबलमा केही पुस्तक, पानीको बोत्तल देखिन्छ । अरु सामाग्री छन् ।

एक छेउमा रहेको प्याकेटमा ‘टोकला टि’ लेखेको भने स्पष्ट देखिन्छ । रवि निकटका रास्वपाका सहकोषाध्यक्षसमेत रहेका दीपक बोहोराले तस्बिर सार्वजनिक गर्दै रविकै भएको दाबी गरेका छन् ।

‘अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उदेश्यका लागि सार्वजनिक गरियो? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला’, उनले लेखेका छन् ।

उनले लाइभमा आएर त्यो तस्बिर एआइ जेनेरेट नभइ सीसीटिभीबाट खिचिएको बताएका छन् । रविलाई भेटेर फर्किएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको गेट नजिकैबाट लाइभ गरेका उनले आज प्रहरीले चेकजाँचमा कडाइ गरेको बताउँछन् ।

‘रवि लामीछानेलाई भेट्न जाँदा प्रहरी छेउमा उभिने, कुरा सुन्ने गरेका छन्’, उनले भने, ‘यो फोटो कसरी आयो विषयमा छानविन पनि सुरु गरेका छन् ।’

उक्त तस्बिर रास्वपा समर्थक रहेका डा. निकोलस भुसालले आफूले खिचेको दाबी गरेका छन् । ‘भाईरल फोटोबारे केही बेरमा लाइभ आउने छु । यो फोटो रियल हो मैले नै खिचेको हो । गल्ती भको हो माफी चाहन्छु’, उनले भनेका छन्, ‘मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गएको थिए ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले तस्बिर सार्वजनिबारे अनुसन्धान भइरहेको बताए । फेक एआइले बनाएको तस्बिर हो या हिरासतकै तस्बिर हो भन्नेबारेमा उनले खुलाउन चाहेनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]