२८ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

रविको हिरासतको फोटोबारे के हाेत बास्तविक्ता ?

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, पुष ०४, २०८१

पोखरा- सामाजिक सञ्जाल बिहीबार विहानैदेखि एउटा तस्बिरले गर्माएको छ । धेरैले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

विस्तारामा टोपी लगाएका एक जना व्यक्ति सुतेका छन् । टेबलमा केही पुस्तक, पानीको बोत्तल देखिन्छ । अरु सामाग्री छन् ।

एक छेउमा रहेको प्याकेटमा ‘टोकला टि’ लेखेको भने स्पष्ट देखिन्छ । रवि निकटका रास्वपाका सहकोषाध्यक्षसमेत रहेका दीपक बोहोराले तस्बिर सार्वजनिक गर्दै रविकै भएको दाबी गरेका छन् ।

‘अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उदेश्यका लागि सार्वजनिक गरियो? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला’, उनले लेखेका छन् ।

उनले लाइभमा आएर त्यो तस्बिर एआइ जेनेरेट नभइ सीसीटिभीबाट खिचिएको बताएका छन् । रविलाई भेटेर फर्किएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको गेट नजिकैबाट लाइभ गरेका उनले आज प्रहरीले चेकजाँचमा कडाइ गरेको बताउँछन् ।

‘रवि लामीछानेलाई भेट्न जाँदा प्रहरी छेउमा उभिने, कुरा सुन्ने गरेका छन्’, उनले भने, ‘यो फोटो कसरी आयो विषयमा छानविन पनि सुरु गरेका छन् ।’

उक्त तस्बिर रास्वपा समर्थक रहेका डा. निकोलस भुसालले आफूले खिचेको दाबी गरेका छन् । ‘भाईरल फोटोबारे केही बेरमा लाइभ आउने छु । यो फोटो रियल हो मैले नै खिचेको हो । गल्ती भको हो माफी चाहन्छु’, उनले भनेका छन्, ‘मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गएको थिए ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले तस्बिर सार्वजनिबारे अनुसन्धान भइरहेको बताए । फेक एआइले बनाएको तस्बिर हो या हिरासतकै तस्बिर हो भन्नेबारेमा उनले खुलाउन चाहेनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया !  मलेसियामा रहेका लिम्बू समुदायले आफ्नो मौलिक सांस्कृतिक चाड चासोक तङनाम यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङ क्षेत्रीय समिति, जोहोरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित १४ डिसेम्बर २०२५ (आइतबार) मा भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम जोहोर बारुस्थित JO Hotel मा आयोजना हुने छ। समितिका अध्यक्ष हेमराज लिम्बूका अनुसार मलेसियामा काम तथा बसोबास गर्ने लिम्बू […]

 मलेसिया – मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका एक नेपाली सुरक्षागार्डलाई विरालामाथि क्रुर र अशोभनीय व्यवहार गरेको आरोपमा सेशन्स अदालतले आरएम ४० हजार जरिवाना तिर्न आदेश दिएको छ। जरिवाना तिर्न नसकेमा उनलाई १५ महिनासम्म जेल सजाय हुने निर्णय गरिएको छ। ३३ वर्षीय अर्मान शाहले बुधबार अदालतमा उपस्थित भई आफू दोषी ठहरेको स्वीकार गरेपछि न्यायाधीश नोर […]

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]