०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

काठमाडौं ७७ वटै जिल्लाका नागरिकहरुका लागि राजधानी बन्न सकोस् : मेयर साह

Logo
HeroNepal-tv प्रकाशित शनिबार, मंसिर २९, २०८१

काठमाडौं  । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ ।

महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो । दिवस मनाउँदै काठमाडौं महानगरपालिकका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले काठमाडौं महानगरपालिकाको शुसासन र व्यवस्थापनलाई सुदृढ बनाउने सबैमा कृतज्ञता व्यक्त गरेका हुन् ।

उनले भने, ‘ आज यो ३० औँ महानगर दिवस मेरो लागि धन्यवादको दिवस हो । महानगरले दिने सेवा, काम कर्तव्यको बारेमा सबैले सहयोग पुर्याउनु भएको छ । महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाइदिनु हुने सम्पूर्ण सरसफाई कर्मचारिहरुलाई धन्यवाद दिन चाहन्छु । काठमाडौं महानगरपालिकाको शुसासन र व्यवस्थापनलाई सुदृढ बनाइदिनु हुने नगर प्रहरी साथीहरुलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु । काठमाडौं महानगरको विभिन्न विभाग शाखामा कार्यरत सबैलाई धन्यवाद दिन चाहन्छु । सबैले महानगरको लागि शिक्षा,स्वस्थ्य , सम्पदा र विविध विभिन्न क्षेत्रमा आफ्नो योगदान दिनु भएको छ ।’

साथै उनले यो महानगरपालिका आफैंमा राजधानी भएको बताए । उनले राजधानी बासीका लागि मात्र नभएर यो महानगरपालिका ७७ वटै जिल्लाबाट आउने सम्पूर्ण नागरिकहरुको आफ्नो राजधानी बन्न सकोस् भनेर शुभकामना ब्यक्त गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]