०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

बन्द रहेकाे  मलेसिया रोजगारी पुन: खुल्ला

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, मंसिर २५, २०८१

मलेसिया : बिगत लामो समयदेखि बन्द रहेकाे  मलेसिया रोजगारी नेपाली हरुको लागि पुन: खुल्ला भएकाे छ । मलेसियास्थित नेपाली दूतावासले शुक्रवार र सोमवार फेल्डा प्लान्टेसनलगाएत विभिन्न प्लान्टेसन र अन्य कम्पनीहरुको गरि जम्मा १७८० जनाको मागपत्र अनलाइन गरेपछि मलेसियामा नेपालीका लागि रोजगार खुला भएको हो ।

समान्यतया फेल्डा प्लान्टेसनल भन्नेवित्तिकै तेलकाे बुटा राेप्ने भन्ने बुझिन्छ तर मलेसियाकाे हिसाबमा मलेसियामा उत्पादन गरिने तेलकाे लागि प्राय मलेसियाकाे ठुलाे क्षेत्रफलमा …. नामक बिरूवा राेप्ने गरिन्छ र तेसकाे गाेडमेल ,हेरचाह,तेसमा फलेकाे फलहरू संकलन गरि तेल उत्पादन गरिन्छ । फेल्डा प्लान्टेसनलमा काम गर्नेहरूले प्राय खुला अाकासमै  काम गर्नुपर्नेछ ।

 

मलेसिया र नेपाल दुई देशबीच अक्टोबर २९, २०१८ मा भएकाे श्रम समझदारी कार्यान्वयन गर्ने सहमति पछि त्यस् पश्चात् मलेसिया खुल्ने र बन्द हुने क्रम जारीनै रहेको थियो। अब भने मलेसियाका रोजगारदाताले आफूलाई आवश्यक परेको कामदारका लागि नेपाली दूतावासमा मागपत्र पेश गर्न सक्ने दूतावासले जनाएको छ ।

मलेसियाका राेजगारदाता कम्पनिकाे मागपत्र नेपाली दूतावासले प्रमाणीकरण गरेपछि वैदेशिक रोजगार विभागले आफ्नो वेबसाईटमा सो मागपत्र अपलोड गरी जानकारी गराउनेछ र कामदार लैजाने प्रक्रिया शुरु हुनेछ ।

हाललाई सिमित छेत्रमा मात्रै कामदारको माग भएको छ दूतावासमा आएका मागपत्रहरु अनुगमन छानबिन गरेर अनलाइन प्रमाणीकरण गरिएको दुताबासले जनएकाे छ ।

कामदारलाई सुन्य लागतमा मलेसिया ल्याउने दुई देशको सहमति भएपनी सरकारी निकायको लापरबाही र मेनपावर ब्याबसायीहरुको एक-आपसमै रहेकाे जुधाईले कामदारहरु लाखौ तिरेर मलेसिया आउन बाध्य भएका थिए ।

यसै बिचमा खुलेको मलेसिया रोजगारीले कामदारहरु पहिलाको भन्दा पनि बढी रकम तिरेर आउनुपर्ने बाताबरण सिर्जना भएको छ । अहिले मलेसियन दूतावासले फेल्डा प्लान्टेसनको विभिन्न मेनपावरहरुलाई १२००,अन्य प्लान्टेसन कम्पनीको ५८० गरि १७८० कामदारको मागपत्र अनलाइन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]