०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

विवादमा एनपीएलः स्टार स्पोर्ट्ससँग अवैधानिक सम्झौता गरेको भन्दै आपत्ति

Logo
HeroNepal-tv प्रकाशित बुधबार, मंसिर ०५, २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको प्रत्यक्ष प्रशारणका लागि भारतीय च्यानल स्टार स्पोर्ट्ससँग भएको सम्झौतामा नेपालका कम्पनीहरूले आपत्ति जनाएका छन् ।

हालै क्यानले भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स नेटवर्कसँग एनपिएलका खेल प्रत्यक्ष प्रशारण हुने गरी सम्झौता गरेको थियो । स्टार स्पोर्टसले भारतीय चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग आइपीएल लगायतका ठूला अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितको पनि प्रत्यक्ष प्रशारण गर्दै आएको छ ।

सोहीअनुसार नेपाली क्रिकेटको विश्वजगतमा प्रचार गर्ने उदेश्यले क्यानले स्टार स्पोर्ट्ससँग ठूलो रकममा सम्झौता गरेको हो । तर, सञ्चार तथा विज्ञापन क्षेत्रका नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले विज्ञप्ति जारी गर्दै क्यानको यो कदम राष्ट्रिय हित विपरीत तथा अवैधानिक रहेको दाबी गरेका हुन् ।

एनपीएल आयोजना हुनु सुखद भएको र यसले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा बताइएको छ । तर, यो प्रतियोगिताले नेपाल र नेपालीको हित एवं अधिकारको अवमूल्यन हुन नहुनेमा विज्ञप्तिमा जोड दिइएको छ ।

नेपाल प्रिमियर लिगको आयोजनामा नेपाल क्रिकेट संघले केही अवैधानिक, गैरकानुनी र गैरव्यवसायिक तथा अनैतिक क्रियाकलापहरू जानाजान वा भुलवश हुन गएको विज्ञप्तिमा उल्लेख छ । बिनाप्रतिस्पर्धा स्टार स्पोर्ट्स छनोट गरिनु गैरकानूनी भएको आरोप लगाइएको छ । नेपाली उत्पादन, प्रसारण तथा बजार व्यवस्थापक संस्थाको राष्ट्रिय खेलकुद प्रतियोगता उत्पादन प्रत्यक्ष प्रसारण र बजार व्यवस्थापन गर्ने हक र अधिकारबाट बञ्चित समेत गरेको उनीहरूको गुनासो छ ।

राष्ट्रिय रूपमा नेपालमा आयोजना हुने नेपाल प्रिमियर लिगमा नेपाली विज्ञापन एजेन्सी, कार्यक्रम उत्पादक र टेलिभिजन प्रसारकलाई किन अवमूल्यन गरियो भन्ने प्रश्नको जवाफ क्यानले नेपाली खेलप्रेमी र खेल जगतलाई दिनुपर्ने उनीहरूको माग छ ।

नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग स्टार स्पोर्ट्स मार्फत प्रत्यक्ष प्रसारण गर्ने उद्घोष गरिरहँदा नेपालमा अहिले स्टार स्पोर्ट्सको अधिकारिक प्रसारण बन्द रहेको अवस्थामा छ । यस्तो अवस्थामा किन, कसरी र कुन उद्देश्यले क्यान जस्तो राष्ट्रिय सार्बजनिक सस्थाले प्रसारण नै बन्देज रहेको एउटा विदेशी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको होला ? प्रश्को जवाफ मात्रै होइन वैधानिकतामा पनि नेपाल क्रिकेट संघ चुकेको उनीहरूको आरोप छ ।

नेपाल प्रिमियर लिग मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदै छ । एनपिएलमा आठ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् । सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुन लागेको हो । उद्घाटनमा भने विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच खेल हुने भएको छ । सबै टोलीले विदेशी खेलाडी पनि भित्र्याइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]