०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

अल्लु अर्जुन स्टारर बहुप्रतीक्षित ‘पुष्पा २’ को ट्रेलर सार्वजनिक

Logo
HeroNepal-tv प्रकाशित आइतबार, मंसिर ०२, २०८१

काठमाडौं । अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर बहुप्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २ : द रुल’को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । नेपाल सीमावर्ती भारतको बिहारको पटनास्थित गान्धी मैदानमा आयोजित भव्य समारोहमा ट्रेलर सार्वजनिक गरियो ।

सुपरस्टारद्वय अल्लु अर्जुन र रश्मिकाको उपस्थितिमा एक्सनप्रधान ट्रेलर प्रस्तुत गरिएको हो । सुकुमार निर्देशित यो फिल्म ५ डिसेम्बर अर्थात् २० मंसिरमा रिलिज तयारीमा छ ।

यो एक्सनप्रधान ट्रेलरमा अल्लु अर्जुन पुष्पराजको भूमिकामा छन् । एक्सन फिल्ममा रुचि राख्ने अल्लु अर्जुनका फ्यानलाई यो ट्रेलरले अवश्य उत्साह प्रदान गर्नेछ । फिल्ममा अल्लु अर्जुन एन्टीहिरो चरित्रमा छन् ।

यो फिल्मको अघिल्लो भागले नेपालमा समेत उछाल कमाइ गरेको थियो । दोस्रो भागले विश्वभर आक्रामक कमाइ गर्ने विश्लेषण भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]