०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने

Logo
HeroNepal-tv प्रकाशित शनिबार, मंसिर ०१, २०८१

काठमाडौं : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो।

क्यानका सचिव पारस खड्काले प्रिमियर लिगको प्रत्यक्ष प्रसारणका लागि क्यानले स्टार स्पोर्ट्सलाई जिम्मेवारी दिएको बताए। उनले नेपालको घरेलु लिगलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा लैजाने मौका मिलेको बताए।

उनले पहिलो संस्करणको एनपीएललाई क्यानले ब्राण्डको रूपमा स्थापित गर्न खाजेको उल्लेख गरे। पहिलो एनपीएल खेल्न विदेशी फ्रेन्चाइजहरूले खेल्न इच्छा देखाए पनि सम्भव नभएको भन्दै उनले अर्को संस्करणमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज खेलको रूपमा विकसित हुनसक्ने बताए।

लिग खेल्न आउने विदेशी खेलाडीहरूको श्रम स्वीकृतिलगायतका काममा क्यानले सहजीकरण गर्ने खड्काले जानकारी दिए। त्यस्तै उनले उपनिर्वाचनका कारण मंसिर १६ गते खेल आयोजना गर्न सम्भव नभएकाले छिट्टै नयाँ खेल तालिका सार्वजनिक गर्ने बताए।

त्यस्तै नेपाल प्रिमियर लिग (एनपीएल)लाई सिद्धार्थ बैंकले मुख्य प्रायोजन गरेको छ। क्यानका सचिव खड्काले सिद्धार्थ बैंक ५ वर्षका लागि एनपीएलको मुख्य प्रायोजक रहने जानकारी दिए। क्यानको आयोजनामा ८ टोलीको सहभागिता रहने लिग मंसिर १५ गते पुस ६ गतेसम्म टीयु क्रिकेट मैदानमा एनपीएल हुँदैछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]