०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

कर्नाटकसँग पाँच खेलको सिरिज खेल्दै नेपाल यू-१९ क्रिकेट टिम

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, कार्तिक २७, २०८१

काठमाडौँ । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक यू-१९ टोलीसँग पाँच खेलको सिरिज खेल्ने भएको छ ।

एसीसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली युवा टोलीले घरेलु मैदानमा तयारी स्वरूप ओडि सिरिज खेल्न लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) अनुसार नेपाल यू-१९ र कर्नाटक यू-१९ टोलीबीच यही नोभेम्बर १३ देखि २१ सम्म मूलपानी मैदानमा खेल हुनेछ ।

पहिलो खेल नोभेम्बर १३ मा हुनेछ । यस्तै दोस्रो खेल नोभेम्बर १५ मा, तेस्रो खेल नोभेम्बर १७ मा, चौथो खेल नोभेम्बर १९ मा र पाँचौँ तथा अन्तिम खेल नोभेम्बर २१ मा हुनेछ ।

नेपालले यही नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म युएईमा हुने एसीसी यू-१९ एसिया कप खेल्दैछ । क्यानले त्यसका लागि हेमन्त धामीको कप्तानीमा १८ सदस्यी टोली घोषणा गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]