०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि दलहरुकाे तयारी तीव्र

Logo
HeroNepal-tv प्रकाशित सोमबार, कार्तिक १९, २०८१

काठमाडौं । मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि दलहरुले तयारी तीव्र पारेका छन् । निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेदेखि नै आन्तरिक तयारी थालेका दलहरु अहिले उम्मेदवार टुंगो लगाउने चरणमा पुगेका हुन् ।

सरकारमा रहेका मुख्य दुई दल नेकपा एमाले र नेपाली कांग्रेस एक्ला एक्लै प्रतिस्पर्धाको तयारीमा छन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धनको विकल्प खुला राखेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पटक स्थानीय तहको चुनावमा भाग लिने तयारीमा छ । दलहरुले उपनिर्वाचनलाई आफ्नो शक्ति परीक्षणको रुपमा लिएका छन् ।

मंसिर १६ गते ३३ जिल्लाका स्थानीय तहका ४४ पदाधिकारीका लागि उपनिर्वाचन गर्न लागिएको हो । ४४ पदमध्ये २ जिल्ला सम्वन्वय समितिका प्रमुखको उपनिर्वाचन हुने छ । स्थानीय तहका ४२ पद मध्ये एक नगरपालिका प्रमुख र दुई गाउँपालिका अध्यक्ष लागि निर्वाचन हुनेछ । बाँकी पद उपप्रमुख, उपाध्यक्ष तथा वडाअध्यक्षका छन् ।

उपनिर्वाचनका लागि दलहरुले उम्मेदवार छनोटदेखि आफ्ना चुनावी कार्यक्रम तय गर्न सुरु गरिसकेका छन्। नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तहको उपनिर्वाचन संयोजन समिति गठन गरेको छ । उसले उमेदवार छनोटको प्रक्रिया पनि सँगसँगै अघि बढाएको छ । एमालेसँग सरकारमा सहकार्य गर्दै आएको कांग्रेसले उपनिर्वाचनमा भने कुनै पनि दलसँग गठबन्धन बनाउने छैन ।

संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि उपनिर्वाचनमा अन्य दलसँग सहकार्य गर्ने छैन । एमालेले कार्यतालिका नै तोकेर उम्मेदवार सिफारिस गर्न लगाएको छ ।

२०७४ र २०७९ सालको निर्वाचनमा कुनै न कुनै दलसँग सहकार्य गर्दै आएको माओवादी केन्द्रले यो उपनिर्वाचनमा पनि सहकार्यको ढोका खुलै राखेको छ । तर कुन दलसँग सहकार्य गर्ने भन्ने टुंगो लगाएको छैन । उम्मेदवार छनोटको प्रक्रिया भने माओवादी केन्द्रले सुरु गरिसकेको छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पटक यही उपनिर्वाचनमार्फत् स्थानीय तहको निर्वाचनमा भाग लिँदैछ । यस्तै एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टीलगायतले पनि उपनिर्वाचनमा भाग लिँदैछन्। स्थानीय तह निर्वाचन प्रयोजनका लागि २५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]