२८ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि दलहरुकाे तयारी तीव्र

Logo
HeroNepal-tv प्रकाशित सोमबार, कार्तिक १९, २०८१

काठमाडौं । मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि दलहरुले तयारी तीव्र पारेका छन् । निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेदेखि नै आन्तरिक तयारी थालेका दलहरु अहिले उम्मेदवार टुंगो लगाउने चरणमा पुगेका हुन् ।

सरकारमा रहेका मुख्य दुई दल नेकपा एमाले र नेपाली कांग्रेस एक्ला एक्लै प्रतिस्पर्धाको तयारीमा छन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धनको विकल्प खुला राखेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पटक स्थानीय तहको चुनावमा भाग लिने तयारीमा छ । दलहरुले उपनिर्वाचनलाई आफ्नो शक्ति परीक्षणको रुपमा लिएका छन् ।

मंसिर १६ गते ३३ जिल्लाका स्थानीय तहका ४४ पदाधिकारीका लागि उपनिर्वाचन गर्न लागिएको हो । ४४ पदमध्ये २ जिल्ला सम्वन्वय समितिका प्रमुखको उपनिर्वाचन हुने छ । स्थानीय तहका ४२ पद मध्ये एक नगरपालिका प्रमुख र दुई गाउँपालिका अध्यक्ष लागि निर्वाचन हुनेछ । बाँकी पद उपप्रमुख, उपाध्यक्ष तथा वडाअध्यक्षका छन् ।

उपनिर्वाचनका लागि दलहरुले उम्मेदवार छनोटदेखि आफ्ना चुनावी कार्यक्रम तय गर्न सुरु गरिसकेका छन्। नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तहको उपनिर्वाचन संयोजन समिति गठन गरेको छ । उसले उमेदवार छनोटको प्रक्रिया पनि सँगसँगै अघि बढाएको छ । एमालेसँग सरकारमा सहकार्य गर्दै आएको कांग्रेसले उपनिर्वाचनमा भने कुनै पनि दलसँग गठबन्धन बनाउने छैन ।

संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि उपनिर्वाचनमा अन्य दलसँग सहकार्य गर्ने छैन । एमालेले कार्यतालिका नै तोकेर उम्मेदवार सिफारिस गर्न लगाएको छ ।

२०७४ र २०७९ सालको निर्वाचनमा कुनै न कुनै दलसँग सहकार्य गर्दै आएको माओवादी केन्द्रले यो उपनिर्वाचनमा पनि सहकार्यको ढोका खुलै राखेको छ । तर कुन दलसँग सहकार्य गर्ने भन्ने टुंगो लगाएको छैन । उम्मेदवार छनोटको प्रक्रिया भने माओवादी केन्द्रले सुरु गरिसकेको छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पटक यही उपनिर्वाचनमार्फत् स्थानीय तहको निर्वाचनमा भाग लिँदैछ । यस्तै एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टीलगायतले पनि उपनिर्वाचनमा भाग लिँदैछन्। स्थानीय तह निर्वाचन प्रयोजनका लागि २५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया !  मलेसियामा रहेका लिम्बू समुदायले आफ्नो मौलिक सांस्कृतिक चाड चासोक तङनाम यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङ क्षेत्रीय समिति, जोहोरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित १४ डिसेम्बर २०२५ (आइतबार) मा भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम जोहोर बारुस्थित JO Hotel मा आयोजना हुने छ। समितिका अध्यक्ष हेमराज लिम्बूका अनुसार मलेसियामा काम तथा बसोबास गर्ने लिम्बू […]

 मलेसिया – मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका एक नेपाली सुरक्षागार्डलाई विरालामाथि क्रुर र अशोभनीय व्यवहार गरेको आरोपमा सेशन्स अदालतले आरएम ४० हजार जरिवाना तिर्न आदेश दिएको छ। जरिवाना तिर्न नसकेमा उनलाई १५ महिनासम्म जेल सजाय हुने निर्णय गरिएको छ। ३३ वर्षीय अर्मान शाहले बुधबार अदालतमा उपस्थित भई आफू दोषी ठहरेको स्वीकार गरेपछि न्यायाधीश नोर […]

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]