०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

मीनबहादुर गुरुङले एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्चकाे अन्तरिम आदेश

Logo
HeroNepal-tv प्रकाशित सोमबार, कार्तिक १२, २०८१

काठमाडौं । पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश सुनिल पोखरेलको इजालसले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङले दानमा दिएको दाबी गरिएको उक्त जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबीसहित अधिवक्ता ज्ञानबहादुर बस्नेतसहितले सर्वोच्च अदालतमा गत बुधवार रिट दायर गरेका थिए ।

अधिवक्ता बस्नेत सहितले दर्ता गरेको रिटमा भ्रष्टाचारमा दोषी ठहर भएका गुरुङबाट प्रधानमन्त्रीको रुपमा सार्वजनिक पद धारण गरेको व्यक्तिले जग्गा लिनु स्वार्थ बाझिने र भ्रष्टाचार निवारण ऐन र राजनीतिक दलसम्बन्धी ऐनविपरीत भएको दाबी गरिएको थियो ।

सर्वोच्चले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । तर न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मङ्गलवार दरपिठ बदर गर्दै दर्ता गर्न आदेश दिएपछि गत बुधवार रिट दर्ता गरिएको थियो ।

रिटमा १० रोपनी १४ आना जग्गा दान दिने व्यक्ति विरुद्ध ललित निवासको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको रहेको र विवादित व्यक्तिको जग्गा किन लिइयो भनी सार्वजनिक प्रश्न उठिरहेको समयमा सरकारकै नेतृत्व गरेका प्रधानमन्त्रीले भवन उद्घाटन समेत गरेकाले अन्तरिम आदेश जारी गरी रोक्न माग गरिएको छ । उक्त भवनमा निर्माण रोक्नु भनी पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको थियो।

गुरुङ चर्चित ललिता निवास जग्गा घोटाला प्रकरणका मुख्य दोषी हुन्। विशेष अदालतले उनलाई २ वर्ष कैद सजाय सुनाएको छ। त्यस्तै सोही प्रकरणमा जिल्ला अदालतमा पनि लिखत कसुर (किर्ते) सम्बन्धी मुद्दा पनि विचाराधीन छ। यस्तै भ्याट छली प्रकरणमा पनि उनी दोषी ठहर भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]