०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

आईसीसी विश्वकप लिग- २ अन्तर्गत नेपालले पहिलो खेल आजअमेरिकासँग खेल्दै

Logo
HeroNepal-tv प्रकाशित आइतबार, कार्तिक ११, २०८१

काठमाडौं : आईसीसी विश्वकप लिग- २ अन्तर्गत नेपालले पहिलो खेल आइतबार राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। खेल राति सवा ९ बजे शुरु हुने छ।

नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिन लागेको हो। लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई समेत समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरेको छ।

नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ। नेपालले दुवै टोलीसँग दुई-दुई खेल खेल्ने छ।

नेपाल आईसीसी विश्वकप लिग-२ को अङ्कतालिकामा सातौँ स्थानमा छ। नेपालले हालसम्म खेलेका आठ खेलमा एउटामा जित तथा ६ मा हारका साथ तीन अंक जोडेको छ। एउटा खेल वर्षाका कारण हुनसकेको थिएन।

अमेरिका हालसम्म खेलेका नौ खेलमध्ये ६ मा जित र तीनमा हारका साथ १२ अंक जोड्दै दोस्रो स्थानमा छ। स्कटल्याण्डले भने हालसम्म आठ खेल खेलेको छ। स्कटल्याण्ड पाँच खेलमा जित तथा दुईमा हार बेहोर्दै अंकतालिकामा चौथो स्थानमा छ।

आईसीसी विश्वकप लिग- २ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (यूएई) सम्मिलित छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]