०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

कैलालिको घोडाघोडिमा नगर कप क्रीकेट प्रतियोगिता सुरु

Logo
प्रशान्त डि सि प्रकाशित शनिबार, कार्तिक १०, २०८१

१० कार्तिक,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीमा घोडाघोडी नगर कप क्रिकेट प्रतियोगिता–२०८१ सुरु भएको छ । ‘व्यक्तित्व विकास पारस्परिक सहयोग,राष्ट्र र स्वास्थ्यका लागी खेलकुद’ भन्ने मूल नाराका साथ प्रतियोगिता सुरु भएको छ । वीरेन्द्र स्पोर्ट एकेडेमीका अध्यक्ष राजन मल्लको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावत रहेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दे नगर प्रमुख रावतले गाउँ गाउँमा रहेको खेलाडीहरूको प्रतिभा एवम् कला देखाउन यस्ता प्रतियोगिता आवश्यक रहेको बताए । पालिकाले जुन सुकै खेल विद्याको क्षेत्रमा भौतिक,नैतिक र आर्थिक सहयोग रहँदै आएको उनले बताए । अतिरिक्त क्रियाकलाप र खेलकुद क्षेत्रमा मै देशको पहिलो नगरपालिका स्थापित हुन सफल भएको उनको भनाई थियो । यस्ता खेलहरूले युवा वर्गको स्फूर्ति बढ्नुका साथै मनोरञ्जन पनि हुने उनको धारणा रहेको थियो ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा पहिलो हुने टिमले २५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो स्थान हासिल गर्ने टिमले नगद १० हजार सहित ट्रली र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेल निम्दीमा रहेको सरस्वती आधारभूत विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

कात्तिक १० गते बाट सुरु भएको खेल १७ गते समापन हुने आयोजक संस्था वीरेन्द्र स्पोर्ट एकेडेमीले जनाएको छ । कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष हरिस चन्द्र शाह, वडा नम्बर ३ का कार्यवाहक वडा अध्यक्ष रमेश कुमार चौधरी लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रशान्त क्षेत्रीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : मलेसियामा आयोजित “स्व. जीवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा मलेसियाका नेपालीहरुकाे विभिन्न १६ टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि आँधीखोला भलिबल क्लब स्याङ्जा, नेपालले जित्न सफल भएको छ भने नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट उपविजेतामा सीमित बनेको छ । प्रतियोगितामा प्रथम हुने […]

क्वालालम्पुरमा ‘आर.टी. गोल्डकप २०२६’ को खेल तालिका सार्वजनि RT FC Malaysia द्वारा आयोजना हुन लागेको दोस्रो संस्करणको ‘आर.टी. गोल्डकप २०२६’ फुटबल प्रतियोगिताको अन्तिम खेल तालिका (टाइसिट) सार्वजनिक गरिएको छ। प्रतियोगिता आगामी मे ३१ र जुन १ (जेठ १७ र १८ गते) मा Panasonic Stadium मा सञ्चालन हुनेछ। खेल तालिका सार्वजनिक कार्यक्रम मे २४, २०२६ मा […]

मलेसियाको मलकामा आगामी मे ३१ र जुन १ तारिख आयोजना हुने “स्व. जिवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” को टाइ–सिट सार्वजनिक गरिएको छ। प्रतियोगितामा मलेसियाका विभिन्न राज्य रहेका नेपाली समुदायका १६ वटा टिमको सहभागिता रहने आयोजक सगरमाथा युवा क्लब मलकाले जनाएको छ। “शारीरिक तन्दुरुस्ती, राष्ट्रिय खेलकुद प्रवर्द्धन र आपसी सद्भावका लागि खेल” भन्ने मूल […]