२३ जेठ २०८३, शनिबार
06-06-2026 , Sat
×

रवि हिरासत पुगेपछि जिबीले पठाए पत्रः ‘रविलाई उन्मुक्ति नदिइयोस्’

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, कार्तिक ०८, २०८१

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले हिरासतमा गएपछि गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी)ले इमेलमार्फत पत्र लेखेका छन्।

सहकारीका बचतकर्ताको अर्बौं रकम हिनामिना गरी फरार भएका राईकाे पत्र जनआस्था साप्ताहिक पत्रिकालाई प्राप्त भएकाे हाे।

जनआस्थामा प्राप्त पत्रअनुसार राईले नेपाल आएर अनुसन्धानका लागि सघाउन र सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न आफू तयार रहेकाे बताएका छन्।

उनले लामिछानले पुर्पक्षका लागि जेल चलान भएमा आफूलाई नेपाल आउन सुरक्षित महसुस हुनेसमेत उल्लेख गरेका छन्। राईले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानलेलाई उन्मुक्ति नदिन आग्रह गरेका छन्।

‘अहिले रवि आफैं हिरासतमा गएकाले मलाई अब अनुसन्धान सही दिशामा अगाडि बढेमा नेपाल आई आफ्ना कुरा राख्न सहयोग हुनेछ। उनलाई उन्मुक्ती नदिइयोस्। उनी पुर्पक्ष चलान भएमा मलाई नेपाल आउन सुरक्षित महसुस हुनेछ र सबै सहयोग गर्ने र बचतकर्ताको रकम फिर्ता गर्नेछु। राज्यले सहयोग गरोस् १ म सबै बचतकर्ताको रकम बाचा बमोजिम फिर्ता गर्न तयार नै छु’, उनले पत्रमार्फत भनेका छन्।

रवि हिरासत पुगेपछि जीविको पत्रः

नमस्ते म जिबी राईको तर्फबाट प्रेषित सन्देश,

अहिले सहकारीको विषयमा भएको अनुसन्धानले म खुशी छु। सहकारीको अनुसन्धान यसै दिशामा अगाडि बढे सहजतापूर्वक अनुसन्धानमा सहयोग गर्न छिट्टै आउने छु। त्यो वातावरण बनाइदिनुहोला, जुन कुरा संसदीय समितिलाई पनि मैले सन्देश पठाएको थिएँ।

म सहकारी पीडितलाई रकम फिर्ता गरी आफ्नो बाँकी जीवन सहजताका साथ बिताउन चाहन्छु। त्यो वातावरण राज्यले बनाइदियोस्। अहिले पक्राउ परेका साथीकै कारण मैले अनुसन्धानमा सहयोग गर्न नसकेको हुँ। मेरो डुबेको लगानी गोर्खा मिडियामा मात्रै हो।

लामिछानेजीकै अनेक आइडियाका कारण म अहिलेसम्म पनि उनको पार्टी र व्यक्तिहरुलाई पैसा बुझाएर बसेको छु। यसतर्फ पनि अनुसन्धान गरियोस्। मित्रले मलाई धेरै पटक नेपाल नआउन दबाब, धम्की सबै दिएका हुन्। म गत वर्ष नै अनुसन्धानलाई सघाउन खोज्दा नेपाल आए ज्यान जानसक्ने धम्की दिएका थिए। आफू मातहतमै सबै अनुसन्धान हुने हुँदा केस मिल्ने भन्दै पार्टी र व्यक्तिका नाममा पैसा असुल गरी नै राखे।

शुरुमा मिडियामा लगानी गर्नु अगावै चिनजानपूर्व नै न्युज २४ मा हुँदा धम्की दिएर २ करोड लिएका हुन्। त्यसपश्चात उनका सहयोगी दिपक बोहराले टिभीमा लगानी गर्ने शर्त अगाडि सारेपछि म अगाडि बढेको हुँ। याक एण्ड यतीको बैठकमा स्वयं दिपक र रविले तपाईंसँग सहकारी छ, त्यहाँको पैसा यता लगानी गर्नुस् हामी नाम र दाम पनि दिन्छौं भनेपछि म अगाडि बढेको हुँ। टिभी नचल्ने देखेपछि र राजनीतिमा जान्छु भनेपछि आफ्नो कर्तुत पनि बाहिर आउने डरले अन्तिम एपिसोडमा नभएका कुरा बोले।

केहीपछि तपाईंलाई गाह्रो हुन्छ, मेरो नाम पनि जोडिन्छ, टिभी नै अरुको नाममा राखौँ भनेर युवराज कडेँलको नाम ल्याए। मैले विश्वास नगरेपछि बानियाँ थरका व्यक्तिको नाम अरु कोहीमार्फत उनले नै ल्याए। त्यो प्रस्ताव बानियाँ आफैले नमानेपछि कुरा रोकियो जस्तो लाग्छ। पछि यो कुरा बाहिर आउन थालेपछि म सबै मिलाउँछु जिबीजी किन आत्तिएको भन्दै सधै पार्टी र आफूलाई आर्थिक सहयोग मागिरहे।

उपनिर्वाचनको बेला अमेरिकामा रहेका मोहन थापालाई ५ करोड हुण्डी गर्न लगाए। मैले मोहनलाई ५ करोड रविका लागि भनी पठाएँ। पछि पनि अमेरिकामा रहेका उनै बानियाँ थरका व्यक्तिलाई मोहनलाई पैसा पठाउन भन्थे। बानियाँ थरका व्यक्तिले पैसा लिन सधैँ नकारे पनि रवि अघिल्लो गृहमन्त्री रहुन्जेल करिब १२ करोड मैले मोहनलाई पार्टीको लागि भनेर सहयोग पठाएँ।

जापानमा डिपीका अर्का अर्याल थरकै व्यक्तिलाई पनि ३ करोड पठाएँ। मोहनले रवि पत्नीको नाममा उक्त रकम अमेरिकाबाट नेपाल पठाउँथे। र, केही रकम रविका अर्का सहयोगी विपिन आचार्यलाई पनि पठाएको स्लिप मेरो मान्छेलाई पठाएका छन्।

उनले दिपक बोहरामार्फत केस अगाडि जाँदैन, तपाईं नेपालचाहिँ नआउनु कतै केहि नबोल्नु भनेर धम्काउने र तर्साउने गरे। अहिले रवि आफैं हिरासतमा गएकाले मलाई अब अनुसन्धान सही दिशामा अगाडि बढेमा नेपाल आई आफ्ना कुरा राख्न सहयोग हुनेछ। उनलाई उन्मुक्ती नदिइयोस्। उनी पुर्पक्ष चलान भएमा मलाई नेपाल आउन सुरक्षित महसुस हुनेछ र सबै सहयोग गर्ने र बचतकर्ताको रकम फिर्ता गर्नेछु। राज्यले सहयोग गरोस् १ म सबै बचतकर्ताको रकम बाचा बमोजिम फिर्ता गर्न तयार नै छु।

यो पत्र जनआस्था साप्ताहिक पत्रिकालाई इमेलबाट प्राप्त भएको हो। प्रस्तुत पत्रको वास्तविकताबारे प्रहरी र सम्बन्धित पक्षले पुष्टि गरिसकेको छैन। जनआस्थाको अनुमतिमा यो पत्रांश बिएल नेपाली सेवामा प्रकाशित गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गएराति महोत्तरीको सोनमा गाउँपालिका-३ खखना निवासी राम विश्वास यादवको घरमा आएका डाकाहरूले चलाएको गोली लागेर यादवका छोरीज्वाइँ गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार ५/६ जनाको समूहका डाँकाले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं २७ वर्षीय ईश्वर यादव र छोरी २२ वर्षीया किरण यादव घाइते भएका छन्। गोली लागेर गम्भीर […]

दैलेख — दैलेखमा बाबुले खुर्पा (हँसिया) प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–९ सालखर्क निवासी ७१ वर्षीय कम्बिराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना ४६ वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका हुन्। गएराति करिब ११ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका यादव थापालाई उपचारका […]

मलेसिया : मलेसियामा आयोजित “स्व. जीवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा मलेसियाका नेपालीहरुकाे विभिन्न १६ टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि आँधीखोला भलिबल क्लब स्याङ्जा, नेपालले जित्न सफल भएको छ भने नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट उपविजेतामा सीमित बनेको छ । प्रतियोगितामा प्रथम हुने […]