०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

रात्रीबसको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, कार्तिक ०८, २०८१

झापा- काँकडभिट्टाबाट काठमाडौँ हिँडेको प्र १-०१-००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्री बसले इ-साइकल यात्रीलाई ठक्कर दिँदा बुधबार अपरान्ह दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिकाको केर्खा बजारमा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा कमल गाउँपालिका वडा नं. ३ सानो केर्खाको ६० बर्षीय टेकबहादुर लिम्बु र उहाँको नातिनी ११ बर्षीय कृपा लिम्बु रहेको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ ।

दुघर्टना पछि आक्रोसित बनेको भीडले यातायत बन्द गराएका छन् । यस्तै सडक नजिक रहेको ट्राफिक प्रहरीको बीट समेत लडाएर आगजनी गरेका छन् ।

मृतक हजुरबुबाले नातिनीका लागि जन्मदिन मनाउन केक र मासु लिएर फर्कँदै गर्दा दुघर्टना भएको स्थानीय बासिन्दाले बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]