०९ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

सुनिल थापा अभिनित एक्सनप्रधान फिल्म ‘देववाणी’को टिजर सार्वजनिक,मंसिर ७ गतेदेखि प्रदर्शन

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, कार्तिक ०६, २०८१

काठमाडौं । मंसिर ७ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘देववाणी’को टिजर सार्वजनिक भएको छ । बाबु बलामी निर्देशित एक्सनप्रधान टिजरले कथावस्तुबारे प्रकाश पारेको छ ।

कुन्दन भारद्वाज, सुनिल थापा, रवीन्द्र झा, ध्रुव कोइरालाको शीर्ष भूमिका रहेको फिल्मले गाउँलेको रक्षा गर्न नायकले गर्ने संघर्षलाई चित्रण गरेको छ ।

मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा अनुजा लेप्चा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना, ह्यारी र मौसम पौडेलको पनि अभिनय छ ।

फिल्ममा मीना खड्का र हीराबहादुर लेप्चा निर्माता छन् । कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।

नेपालको सिमरा, वीरगन्ज, इटहरी र काठमाडौं तथा भारतका केही स्थानमा छायांकन गरिएको फिल्ममा नीराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको नृत्य, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]