०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

नेपाली नेपाली सेनाकाे मेडिकल टिमसहित भूकम्प प्रभावित क्षेत्रतिर उडे,प्रधानमन्त्री दाहाल

Logo
HeroNepal-tv प्रकाशित शनिबार, कार्तिक १८, २०८०

धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाको १६ जनाको मेडिकल टोलीसहित जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रतर्फ गएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, केहीबेरअघि प्रधानमन्त्रीसहितको टोली हेलिकोप्टरमार्फत भूकम्प प्रभावित क्षेत्रतर्फ उडेको हो ।

‘तत्कालै उद्धार, खोज र राहतका लागि स्वयं सम्माननीय प्रधानमन्त्री नेपाली सेनाको १६ जना मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा उड्नुभएको छ’, आचार्यले भने ।

जाजरकाेटकाे रामीडाँडा केन्द्र भएर मध्यरातमा गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ७१ पुगिसकेकाे छ । एक सय ५३ भन्दा धेरै घाइते भएका छन् । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडकाे भूकम्प गएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]